आधा घण्टका लागि स्थगित काेशीकाे प्रदेशसभा जेठ १६ गते बस्ने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १३, बुधबार १८:२१

विराटनगर । कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रियाका कारण सुरु भएकाे विवाद समाधान नभएपछि प्रदेशसभाको बैठक जेठ १६ गतेसम्मका लागि स्थगित भएको छ ।

बुधबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसदहरूको अवरोध र रोष्ट्रम घेराउ गरेपछि सभामुख अम्बरबहादुर विष्टले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । त्यसपछि बैठक बस्न नसकेपछि सूचना टाँस गरी बैठक स्थगित भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालले जानकारी दिए । उनका अनुसार अर्को बैठक जेठ १६ गते दिउँसो १ बजे बस्नेछ ।

Advertisement

मंगलबार सभामुख विष्टले संशोधनका लागि समय नदिई प्रदेश सरकारकाे नीति तथा कार्यक्रम ‘सर्वसम्मति’ ले पारित भएको घोषणा गरेका थिए । त्यसलगतै प्रतिपक्षी दलले विरोध गरे । आफूहरूले समर्थन नगरेको अवस्थामा सर्वसम्मति भन्नू संसदीय मर्यादाविपरीत भएको तर्क प्रतिपक्षको छ ।

बुधबारको बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका नेता इन्द्रबहादुर आङ्बोले संसद्को स्थापित मान्यता तोडेर अघि बढ्न नमिल्ने बताए । ‘प्रतिपक्षीले स्विकार नगरेकाे कार्यक्रम कसरी सर्वसम्मत हुन्छ ?’ उनले भने,‘ बहुमतले पारित गरेको घोषणा नगरेसम्म  सदन चल्न सक्दैन ।’

सभामुखले प्रतिपक्षीको अवरोधका बावजुद कार्यसूची अघि बढाउन खोजेपछि सदन तनावपूर्ण बन्याे । प्रतिपक्षकाे विराेधका बावजुत सभामुखले जसपा सांसद निर्मला तावा लिम्बूलाई बोल्न समय दिएपछि आक्रोशित बनेका पूर्वमुख्यमन्त्री एवं नेकपा सांसद राजेन्द्र राई दौडिएर रोष्ट्रममा पुगेका थिए । उनले रोष्ट्रममा पुगेर माइक खोस्ने प्रयास गरेपछि मर्यादापालकले उनलाई रोकेका थिए ।

विवादका बीच सभामुख विष्टले भने नियमावली अनुसार नै प्रक्रिया अघि बढेको दाबी गरे । उनले छलफलका क्रममा कसैले संशोधन प्रस्ताव दर्ता नगरेको र हुन्न भन्ने आवाज नआएका कारण परम्परा अनुसार सर्वसम्मति मानिएको बताए । नीति तथा कार्यक्रम पारित भइसकेका कारण अब फर्किने प्रक्रिया नरहेकाे उनले बताएका थिए ।

पूर्वमुख्यमन्त्री तथा प्रतिपक्षी सांसद राई नीति तथा कार्यक्रम पारित गर्दा सभामुखमा सत्तापक्षको छाया देखिएको बताउँछन् । सभामुखले विधि र स्थापित संसदीय प्रचलनभन्दा बाहिर गएर काम गरेको उनले बताए । ‘सभामुखको इन्टेन्सन भन्दा पनि अज्ञानता वा सत्तापक्षको दबाब थाम्न नसकेर उहाँले विधि मिचिरहनुभएको छ,’ उनले भने,‘ हिजो संशोधनको समय पनि दिइएन र आज विरोधका बाबजुद प्रक्रिया अघि बढाइयो ।’

सदनबाट पारित भएको नीति तथा कार्यक्रमलाई ‘सर्वसम्मति’ साटो बहुमतको प्रक्रियाबाट भन्नुपर्ने प्रतिपक्षीकाे माग छ ।

‘हामीले पारित गर्ने प्रक्रियाभित्रै विरोध गरेका हौँ । विरोध हुँदाहुँदै सभामुखले सर्वसम्मतिले पारित भयो भन्नु गलत छ,’ उनले थपे, ‘हाम्रो माग यति हो कि त्यसलाई सर्वसम्मति नभनी ‘बहुमत’ ले पास भएको भनियोस् ।’

तपाइको प्रतिक्रिया
मिल्स गोल्डकपः पाहुना टोलीलाई स्तब्ध पार्दै विराटनगर फाइनलमा
मिल्स गोल्डकपः पाहुना टोलीलाई स्तब्ध पार्दै विराटनगर फाइनलमा
नासाको ‘मून बेस’ योजना सार्वजनिक : चन्द्रमामा स्थायी मानव बस्ती बनाउने गृहकार्य
१ लाख ५० हजारसम्मका बचतकर्तालाई रकम फिर्ता
विमान दुर्घटना १ जनाको मृत्यु
विमान दुर्घटना १ जनाको मृत्यु
रास्वपा सभापतिसहित १७ सांसदको भूमिकामाथि प्रश्न, अनुसन्धान गर्न सिफारिस
आधा घण्टका लागि स्थगित काेशीकाे प्रदेशसभा जेठ १६ गते बस्ने
जेनजी आन्दोलन : रास्वपा सभापतिदेखि सुरक्षा प्रमुखसम्मलाई कारबाही सिफारिस
कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको घोषणाप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलले बुधबारको प्रदेशसभा बैठक अवरुद्ध गरेकाे छ । मंगलबार सभामुख अम्बरबहादुर विष्टले संशोधनको समय नदिई नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको घोषणा गरेपछि विवाद सुरु भएको हो । बुधबारको बैठकमा विपक्षी नेता इन्द्रबहादुर आङ्बोले संसदीय परम्परा मिचिएको भन्दै सर्वसम्मत नभई बहुमतका आधारमा पारित भएको रेकर्ड राख्न माग गरे । सभामुखले बैठक अघि बढाउन खोज्दा विपक्षी सांसदहरूले रोष्टम घेराउ गरे । सोही क्रममा नेकपा सांसद तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले जबरजस्ती रोष्टममा पुगेर माइक फाल्ने प्रयास गरेका थिए । त्यसपछि उनलाई मर्यादापालकले रोकेका थिए । सभामुख विष्टले प्रदेशसभा नियमावली अनुसार नै सर्वसम्मतिले पास भएको दाबी गरे पनि विपक्षीले लगातार सांसद अवरुद्ध गरिरहेका छन् । ००००० सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई स्वदेशमा मुद्दा परे सम्बन्धित देशकै नेपाली दूतावास वा कूटनीतिक नियोगबाट भिडियो कन्फ्रेन्समार्फत बयान र बकपत्र गर्न पाउने व्यवस्था गर्न फैसला गरेको छ । अष्ट्रेलियामा रहेकी एक नेपाली विद्यार्थीको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दिएको अस्वीकारको आदेश बदर गर्दै न्यायाधीशद्वय हरि फुयाल र बालकृष्ण ढकालको इजलासले विदेशबाट सुनुवाई प्रक्रियामा भाग लिन पाउने फैसला गरेको हो । सर्वोच्चले प्रविधिको प्रयोगलाई संकुचित बनाउन नहुने र भविष्यमा आदेश उल्लंघन हुन सक्ने काल्पनिक आशंकामा कसैलाई प्रतिरक्षा गर्ने मौलिक अधिकारबाट वञ्चित गर्न नमिल्ने ठहर गरेको छ । यो फैसलाले वैदेशिक रोजगारी वा अध्ययनमा रहेका नेपालीहरूलाई न्यायमा सहज पहुँच पुग्ने विश्वास गरिएको छ । ०००० स्वास्थ्य बीमा बोर्डले आगामी जेठ १६ गतेदेखि निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिँदै आएका स्वास्थ्य बीमाका अत्यावश्यक बाहेकका सेवा स्थगित गर्ने निर्णय गरेको छ । बोर्डकी निमित्त कार्यकारी निर्देशक सकुन्तला प्रजापतिका अनुसार, गत जेठ ११ गते बसेको बोर्ड बैठकले निजी अस्पतालहरूमा आकस्मिक बाहेकका अन्य सबै बीमा सुविधाहरू अर्को निर्णय नभएसम्मका लागि बन्द गरिएको हो । स्वास्थ्य बीमा बोर्डको बढ्दो वित्तीय संकटलाई मध्यनजर गर्दै यो निर्णय लिनुपरेको बोर्डले जनाएको छ ।
एनसेललाई गुणस्तर र वातावरण व्यवस्थापनमा अन्तर्राष्ट्रिय मान्यता
एसियन गेम्समा नेपालले चीनलाई हरायो
एसियन गेम्समा नेपालले चीनलाई हरायो
जेनजी आन्दाेलन : मानवअधिकार आयाेगकाे प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.