
काठमाडौं । गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन नगर्ने भएका छन् । उनी समारोहमा सहभागी हुनेछन् । तर,सम्बोधन भने नगर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
गणतन्त्रको प्रतीक राष्ट्रपतिलाई नै सम्बोधन गर्न अनुरोध गर्दै प्रधानमन्त्री कार्यालयले शीतल निवासमा पत्र पठाएकाे थियाे । आजकाे गणतन्त्र दिवस समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
यसअघि भने गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्रीले नै सम्बोधन गर्ने चलन थियाे ।

























