भव्य भयाे गणतन्त्र दिवस (फोटो फिचर)

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १५, शुक्रबार १२:५६
 १९ औँ गणतन्त्र दिवस भव्य रूपमा मनाइयो (फोटो फिचर)

विराटनगर । कोशी प्रदेश सरकारले १९ औँ गणतन्त्र दिवसको अवसरमा शुक्रबार प्रदेश राजधानी विराटनगरमा विभिन्न कार्यक्रम गरी भव्य रूपमा मनाएको छ । दिवसको अवसरमा शुक्रबार (आज) बिहान विराटनगरमा विशेष प्रभातफेरी तथा औपचारिक समारोहको आयोजना गरियो ।

Advertisement

जिल्ला प्रशासन कार्यालय अगाडिबाट सुरु भएको प्रभातफेरीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । प्रभातफेरी गोल्छा चोक, मेन रोड, जलजला चोक, र अस्पताल चोक हुँदै वीरेन्द्र सभा गृहमा पुगेर औपचारिक सभामा परिणत भएको थियो ।

प्रभातफेरीमा कोशी प्रदेशका मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, सुरक्षा निकायका प्रमुखहरू, सरकारी कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यार्थी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । सो क्रममा विभिन्न जातजातिका पहिचान झल्किने सांस्कृतिक झाँकीहरू समेत प्रदर्शन गरिएको थियो ।

वीरेन्द्र सभा गृहमा आयोजित कार्यक्रममा उत्कृष्ट झाँकी प्रदर्शन गर्ने टोलीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ रहेका थिए । समारोहमा कोशी प्रदेशसभाका सभामुख अमरबहादुर विष्टलगायत अन्य उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

सो अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्दै लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षा र विकासमा सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.