
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत भइरहेका बेला प्रतिनिधिसभा सदस्य एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ संसद् बैठकबाट बाहिरिएका छन् ।
संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट वाचन गरिरहेकै समयमा उनी बैठक कक्षबाट निस्किएका हुन् । संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै साम्पाङले आफूलाई अर्को महत्वपूर्ण काम परेकाले बाहिरिनु परेको बताएका छन् । उनका अनुसार पार्टीका अन्य सांसद भने बैठकमै रहेका छन् ।

























