नेविसंघ र दलित संघले चाँडै नेतृत्व पाउने: सभापति थापा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १६, शनिबार १७:०९
नेविसंघ र दलित संघले चाँडै नेतृत्व पाउने: सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल दलित संघले चाँडै नयाँ नेतृत्व पाउने बताएका छन् ।

उनले काठमाडौंमा आयोजित नेपाल थारु संघको पहिलो महाधिवेशनको उद्‌घाटन गर्दै थापाले नेविसंघ र नेपाल दलित संघले आज वा भोलिभित्रै नेतृत्व पाउने बताएका हुन् ।

Advertisement

पार्टीका भ्रातृ संस्थाहरूलाई गतिशील बनाउने प्रक्रिया अन्तर्गत नेतृत्व चयन गर्न लागिएको उनले स्पष्ट पारे । सम्बोधनका क्रममा थापाले भने, ‘हामीले नेपाल महिला संघ र नेपाल तरुण दलको नेतृत्व यसअघि नै चयन गरिसकेका छौँ। अब आज र भोलिभित्र नेविसंघ र नेपाल दलित संघमा पनि साथीहरूलाई नेतृत्वको जिम्मेवारी दिनेछौँ।’

नेपाल थारु संघको महाधिवेशनको सन्दर्भ जोड्दै उनले यस पटक कसैलाई नेतृत्व नथुपारिएको बरु प्रक्रियागत रूपमा अघि बढेको बताए । ‘थारु संघको जिम्मा हामीले कोही व्यक्तिलाई छानेर दिएका छैनौँ, यो महाधिवेशनमार्फत अघि बढ्दै छ,’ थापाले भने ।

सभापति थापाले कांग्रेसका सबै भ्रातृ संस्थाहरूले समयमै अधिवेशन गरुन् भन्ने पार्टीको चाहना रहेको उल्लेख गर्दै त्यसका लागि केन्द्रीय नेतृत्वले आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । लामो समयदेखि नेतृत्वविहीन वा तदर्थ समितिमा रहेका भ्रातृ संस्थाहरूले नयाँ नेतृत्व पाएसँगै पार्टीको संगठन थप मजबुत हुने विश्वास गरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.