
काठमाडौं । नयाँ सरकारले संघीय संसद्मा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट ‘गैरजिम्मेवार र हावादारी’ भएको एमालेले निष्कर्ष निकालेको छ ।
शनिबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सरकारद्वारा प्रस्तुत बजेटले आमजनताको भावना र देशको वर्तमान आवश्यकतालाई समेट्न नसकेको ठहर गरेको हो।
बैठकका निर्णयबारे जानकारी दिँदै प्रमुख सचेतक ऐनबहादुर महरले बजेटमाथि पार्टीको साझा दृष्टिकोण बनाउन घनिभूत छलफल भएको बताए। उनका अनुसार बैठकमा बजेटका विभिन्न आयाम र प्राविधिक पक्षबारे पार्टीका शीर्ष नेता तथा विज्ञहरूले सहजीकरण गरेका थिए।



















