आशिका तामाङलाई रास्वपा सांसद्ले संसदबाट बाहिर निकाले

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १७, आइतबार १४:३६

काठमाडौं । प्रतिनिधिसभा सदस्य आशिका तामाङलाई उनकै पार्टीका सांसदहरुले प्रतिनिधिसभा बैठक कक्ष बाहिर लगेका छन् । बैठकमा आक्रोशित रुपमा प्रस्तुत भएपछि रास्वपा सांसद तामाङलाई उनकै सांसदले बाहिर लिएर गएका हुन् ।

प्रधानमन्त्री बालेन शाहले आकस्मिक रुपमा प्रश्नको जवाफ दिएर बाहिरिएपछि विपक्षी दलका सांसदले नियमापत्तीको विषय उठाइरहेका बेला आशिका तामाङ आक्रोशित भएकी थिइन् ।

Advertisement

उनी आफ्नो सिटबाट उठेर अघिल्लो लहरतर्फ अघि बढेपछि रास्वपाकै सांसद रञ्जु दर्शना, ज्वाला संग्रौला, भूमिका श्रेष्ठलगायतले रोकेका थिए । तर आशिका शान्त नभएपछि रन्जु दर्शना र ज्वाला संग्रौलाले उनलाई बाहिर लगेका हुन् ।

प्रधानमन्त्री बालेन शाहले आकस्मिक समय लिएर सांसदहरूको जवाफ दिन बैठकमा उपस्थिति भएपछि विपक्षीहरूले प्रक्रियाबारे प्रश्न उठाएका थिए । तर सभामुख डीपी अर्यालले आपत्ति जनाउने सांसदहरूलाई समय नदिएपछि बैठकमा चर्काचर्कीसमेत चलेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.