रास्वपा महाधिवेशन : मूल आयोजक समिति गठन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १७, आइतबार १९:११

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रथम महाधिवेशन आयोजना गर्न समिति गठन गरेको छ । सभापति रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरेको हो । रास्वपाको महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा हुँदैछ ।

महाधिवेशन मूल आयोजक समिति सदस्यहरूमा उपसभापति डाक्टर स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, भूपदेव शाह, विपिनकुमार आचार्य, लिमा अधिकारी, बसुमाया तामाङ्ग रहेका छन् । त्यस्तै मनिष झा, विराजभक्त श्रेष्ठ, दीपक बोहरा, गणेश पराजुली, सोबिता गौतम, शिशिर खनाल, हरि ढकाल, सरिता ज्ञवाली, सागर ढकालसमिति सदस्य छन् । सबै केन्द्रीय समिति सदस्य र प्रदेश सभापति पनि समितिको सदस्य छन् ।

Advertisement
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.