
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा लफडा भएको छ ।
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३ माथि दफावार छलफलपछि निर्णायर्थ प्रस्तुत हुने क्रममा विपक्षीको विरोधका बावजुत सभामुख डिपी अर्याल अघि बढेपछि संसदमा विवाद भएको हो ।
यसअघि बसेको बैठक विपक्षीहरूको अवरोधपछि स्थगित भएको थियो । त्यसपछि सुरु भएको बैठकमा पनि विपक्षीहरूले वेल घेराउ गरेर नाराबाजी गरे । नाराबाजीका बावजुत सभामुखले मस्यौदामाथि परेका संशोधन निर्णायर्था पेश गरिरहेका छन् ।



















