विपक्षीहरूको नाराबाजीबीच प्रतिनिधिसभा नियमावली पारित

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १७, आइतबार २१:३७

काठमाडौं । प्रतिनिधिसभाले विपक्षीहरूको नाराबाजीबीच प्रतिनिधिसभा नियमावली पारित गरेको छ । आइतबार बसेको बैठकले विपक्षी सांसदको बेल घेराउ र नाराबाजीकाबीच नियमावली पारित गरेको हो । नियमावलीले सांसदहरूका लागि विशेषाधिकार प्रदान गरेको छ ।

नियमावलीको नियम २५९ मा को उपदफा १ मा भनिएको छ, ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएता पनि सभा, समिति र सदस्यको हकमा यो नियमावली संघीय कानुनको रूपमा रही विशेष कानुनसरह लागु हुनेछ ।’

Advertisement

उपदफा २ मा थप भनिएको छ, ‘यो नियमावली प्रतिनिधिसभा सदस्यको विशेषाधिकारको रूपमा रहनेछ ।’

नियम २६० मा नियमावलीको व्याख्या छ । जहाँ भनिएको छ, ‘यस नियमावलीको व्याख्या गर्ने अधिकार सभामुखलाई हुनेछ र निजको निर्णय अन्तिम हुनेछ । त्यस्तो निर्णयको जानकारी बैठकलाई दिनुपर्नेछ ।’

अर्थात, नियम २५९ बमोजिम अन्य प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएता पनि सभा, समिति र सदस्यको हकमा नियमावली विशेष कानुनसरह लागु हुनेछ ।

तपाइको प्रतिक्रिया
विपक्षीहरूको नाराबाजीबीच प्रतिनिधिसभा नियमावली पारित
प्रधानमन्त्रीकाे अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालय : ‘दशगजामा विवाद छन्’
सभामुख अघि बढेपछि संसदमा लफडा
 मिल्स गोल्डकपको उपाधि टिडब्लुसिवाइलाई 
मिल्स गोल्डकपको उपाधि टिडब्लुसिवाइलाई 
‘प्रचण्ड’को स्वास्थ्य स्थिर, केहीदिन अस्पतालमै रहने
मेचीनगरमा काठमाडौंका युवक पक्राउ
रास्वपा महाधिवेशन : मूल आयोजक समिति गठन
प्रधानमन्त्रीको ‘सीमा अभिव्यक्ति’ले राजनीति तरंगित, नेपालले कहाँ मिच्यो भारतको भूमि ?
प्रधानमन्त्रीको अभिव्यक्तीप्रति सडकमा विद्यार्थीको नारा : ‘जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा’
प्रधानमन्त्रीको अभिव्यक्तिपछि रास्वपाले बोलायो सचिवालय बैठक
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.