
विराटनगर । कोशी प्रदेशका पूर्वसांसदहरू संगठित भएका छन् । उनीहरूले पूर्वसभामुख प्रदीपकुमार भण्डारीको संयोजकत्वमा १३ सदस्यीय पूर्वसांसद मञ्च गठन गरेका छन् ।
विराटनगरमा आयोजित प्रदेशसभाका पूर्वसदस्यहरूको भेलाले प्रदेश स्तरमा पनि मञ्च गठन भएको हो ।
मञ्चको सदस्यहरूमा पूर्वउपसभामुख सरस्वती पोखरेल, राजीव कोइराला, बिन्दिया कार्की, लक्षुमन तिवारी, जयराम यादव, विजय विश्वास, राजकुमार ओझा, इन्दिरा राई, सरिता थापा, जसमाया गजमेर, कुसुम श्रेष्ठ र विमल कार्की रहेका छन् ।
उक्त कार्यक्रममा पूर्वसांसद मञ्चका कार्यवाहक केन्द्रीय अध्यक्ष विष्णुबहादुर राउत, कोशी प्रदेशसभाका उपसभामुख सिर्जना दनुवार लगायतका कोशी प्रदेशसभाका पूर्वसांसदहरूको सहभागिता रहेको थियो ।

























