
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले दरबार हत्याकाण्डबारे पुनः निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिन हुनुपर्ने माग गरेका छन् ।
उनले तत्कालीन गृहमन्त्री तथा हालका राष्ट्रपति रामचन्द्र पौडेलको पनि बयान लिनुपर्ने धारणा सार्वजनिक गरेका हुन् । सामाजिक सञ्जालमार्फत उनले पूर्वराजपरिवारप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दरबार हत्याकाण्डको वास्तविक सत्य अझै बाहिर नआएको बताए । उनले राजपरिवारले समेत न्याय नपाएको अवस्थामा सर्वसाधारणले न्याय पाउने विषयमा गम्भीर प्रश्न उठाएका छन् ।
घटनाक्रम भएको समयमा गृहमन्त्री रहेका कारण राष्ट्रपति पौडेलसँग त्यसबेलाको परिस्थिति सम्बन्धी महत्वपूर्ण जानकारी हुन सक्ने भएकाले आवश्यक परे छानबिन प्रक्रियामा समेटिनुपर्ने उनले बताएका छन् ।

























