
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय निर्वाचन विभाग प्रमुखको जिम्मेवारी भुवन केसीलाई दिएको छ । पार्टी केन्द्रीय सचिवालय बैठकले केसीलाई उक्त पदमा मनोनयन गर्ने निर्णय गरेको हो ।
रास्वपाका प्रवक्ता मनिष झाले बैठकबाट केसीको नियुक्ति अनुमोदन भएको जानकारी दिए । पार्टीले विधान, नीति, सिद्धान्त तथा निर्वाचनसम्बन्धी नियमावलीअनुसार केसीले जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ ।
निर्वाचन व्यवस्थापन, आन्तरिक संगठनात्मक प्रक्रिया र पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई व्यवस्थित बनाउन निर्वाचन विभागको भूमिका महत्वपूर्ण मानिन्छ ।


























