मोरङमा म्यानपावर सञ्चालक पक्राउ, रोमानिया पठाइदिने भन्दै लाखौं रूपैयाँ ठगी

Share this
759shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १९, मंगलबार १८:४३

विराटनगर । आकर्षक कमाइको प्रलोभन देखाउँदै वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिने भनेर सर्वसाधारणसँग ठूलो रकम ठगी गरेको आरोपमा मोरङबाट मेनपावर सञ्चालक पक्राउ परेका छन् ।

मोरङको रतुवामाई नगरपालिका–८ घर भएका ३७ वर्षीय उद्धव पाठकलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । उनका अनुसार पाठकले रतुवामाई–८ दाम्राभिट्टामा के एस ए नामक म्यानपावर सञ्चालन गरिरहेको पाइएको छ ।

पाठकसँगै म्यानपावरका लेखापाल रतुवामाई–९ का अन्दाजी २५ वर्षीय अभि भण्डारीलाई पनि प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर कैलाश लिम्बू नेतृत्वको टोलीले दुवै जनालाई सोमबार साँझ पक्राउ गरेको हो ।

पाठक र भण्डारीविरुद्ध ठगी मुद्दा चलाउन मंगलबार अदालतबाट ६ दिनको म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी एसपी कटवालले दिए । इलाका प्रहरी कार्यालय सिजुवाको हिरासतमा राखेर उनीहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको हो ।

‘रोमानिया भन्ने देश पठाउने प्रलोभन देखाएर धेरै सर्वसाधारणसँग लाखौं रूपैयाँ पैसा असुलेको पाइयो । ३–४ वर्षदेखि पैसा लिएर अहिलेसम्म फिर्ता नगरेको पाइयो,’ एसपी कटवालले भने । पाठकलाई लामो समयदेखि प्रहरीले खोजी गरिरहेको थियो ।

प्रहरीका अनुसार उनीविरुद्ध इलाका प्रहरी कार्यालय सिजुवा र उर्लाबारी तथा जिल्ला प्रहरी कार्यालय मोरङसहित काठमाडौंमा पनि किटानी जाहेरी परेको पाइएको छ । रोमानियामै बस्दै आएका कारण पाठक पक्राउ परेका थिएनन् । उनी केही समयअघि मात्रै नेपाल आएको प्रहरीले जनाएको छ ।

‘नेपाल आएर पनि लामो समय काठमाडौंमा बसे । रतुवामाईस्थित घरमा आएको एक साता मात्रै हुँदैछ,’ प्रहरी स्रोतले भन्यो । घरमै आएको विशेष सूचनाका आधारमा खटिएको प्रहरीले पाठकलाई घरबाटै पक्राउ गरेको हो ।

पठाकले सय जनाभन्दा बढी सर्वसाधारणलाई ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । एक जनासँग १ लाखदेखि ४ लाख रूपैयाँसम्म असुलेको पाइएको प्रहरीले जनाएको छ । लाखौं रूपैयाँ ठगी गरेर फरार बनेका पाठक बल्ल पक्राउ परेका हुन् ।

उनीविरुद्ध रतुवामाई–७ का नारायणप्रसाद भट्टराई, रतुवामाई–८ का पदमबहादुर खुलाल, कानेपोखरी गाउँपालिका–६ का पुनम नेपाल लगायतले इलाका प्रहरी कार्यालय सिजुवामा जाहेरी दिएका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पाठकले वैदेशिक रोजगारीमा जान चाहनेको खोजी गरेर आफ्नै म्यानपावरका लेखापाल अभि भण्डारीको बैंक खातामा पैसा जम्मा गर्न लगाउने गरेको पाइएको छ ।

‘विदेश जान चाहनेलाई रोमानिया पठाइदिने भन्दै पाठकले म्यानपावरका लेखापाल भण्डारीको खातामा पैसा जम्मा गर्न लगाउँदा रहेछन् । ३–४ वर्षअघि पैसा दिएकाहरुलाई अहिलेसम्म रोमानिया नपठाएको पाइयो,’ प्रहरी स्रोतले भन्यो । म्यापावर सञ्चालक पाठकले कति जनालाई ठगी गरेका थिए भनेर हालसम्म यकिन भइसकेको छैन ।

यद्यपि, प्रहरीले उनीबाट सय जनाभन्दा बढी सर्वसाधारण ठगीमा परेको अनुमान गरेको छ । अनुसन्धान सकिएपछि सबै विषय पत्ता लाग्ने प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×