रोयल च्यालेन्जर्सले जित्याे आईपीएल २०२६ को उपाधि

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १८, सोमबार ०७:३४

काठमाडौं । गुजरात टाइटन्सलाई हराउँदै साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले आईपीएल २०२६ को उपाधि जितेको छ । आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको फाइनलमा बेंगलुरुले गुजरातमाथि ५ विकेटको जित हासिल गर्‍यो ।

गुजरातले दिएको १५६ रनको मध्यम लक्ष्य बेंगलुरुले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । बेंगलुरुका लागि विराट कोहलीले सर्वाधिक अविजित ७५ रन बनाए । ४२ बल खेलेका उनले ९ चौका र ३ छक्का प्रहार गरे । भेनकटेश अय्यरले ३२ रन बनाए । गुजरातका लागि राशिद खानले २ विकेट लिए भने मोहम्मद सिराज, कगिसो रबाडा र अर्शद खानले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १५५ रन बनाएको थियो । वासिङ्टन सुन्दरले सर्वाधिक अविजित ५० रन बनाए । निशान्त सिन्धुले २० तथा जस बट्लरले १९ रन बनाए । बेंगलुरुका लागि रसिख सलामले ४ ओभरमा २७ रन दिएर ३ विकेट लिए । जोश हेजलवूड र भुवनेश्वर कुमारले २-२ तथा क्रुनाल पान्ड्याले १ विकेट लिए ।

यसअघि पहिलो क्वालिफायरमा पनि बेंगलुरुले गुजरातलाई पराजित गरेको थियो । बेंगलुरुले गत संस्करणको फाइनलमा पन्जाब किङ्सलाई हराउँदै पहिलोपटक आईपीएलको उपाधि जितेको थियो ।

आईपीएलमा लगातार दुई उपाधि जित्ने बेंगलुरु तेस्रो टोली हो । यसअघि चेन्नई सुपर किङ्सले सन् २०१० र २०११ तथा मुम्बई इन्डियन्सले सन् २०१९ र २०२० मा लगातार उपाधि जितेका थिए ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×