परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत जाने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २१, बिहीबार १७:११

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले भारतका शीर्ष नेतृत्वलाई भेट गरेलगतै परराष्ट्रमन्त्री शिशिर खनाल भारत जाने भएका छन् । शुक्रबारदेखि तीन दिन औपचारिक भ्रमणमा जाने भएका हुन् ।

परराष्ट्र मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री खनालको भारत भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरेको हो ।

Advertisement

भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल २२ देखि २४ जेठसम्म भारत भ्रमणमा जान लागेको मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा आफ्ना भारतीय समकक्षी विदेशमन्त्री डा. जयशङ्करसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नेछन् । उक्त बैठकमा नेपाल र भारतबीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विशेषगरी दुई देशबीचको व्यापार, लगानी, कनेक्टिभिटी , ऊर्जा क्षेत्र र जनता–जनताबीचको सम्बन्धलाई थप सुदृढ र विस्तार गर्नेबारे विस्तृत विचार–विमर्श हुने कार्यसूची रहेको छ ।

भ्रमण तालिकाअनुसार परराष्ट्रमन्त्री खनाल २४ जेठमा स्वदेश फिर्ता फर्कने कार्यतालिका रहेको छ ।

तपाइको प्रतिक्रिया
उपेन्द्र यादवलाई आधिकारिकता, आयोगको निर्णय गैरकानुनी
सदस्य बढाउने एमालेको अभियान
६ प्रदेशमा वर्षाको सम्भावना 
तराईका १४ जिल्लामा तीन दिनसम्म तातो लहर
राजारानीमा चम्किएको रानीताल : परदेशीको सपना, गाउँको गौरव
परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत जाने
टिकटकर अधिकारीलाई थुनामा पठाउने आदेश
‘बालेन प्रभाव’पछि डीडीसीका उत्पादनको माग बढ्यो, उपभोक्तालाई मूल्यवृद्धिको भार
चेक बाउन्स मुद्दामा सर्वोच्चको नयाँ नजिर : अब बिगोसँगै १० प्रतिशत ब्याज पनि तिर्नुपर्ने
उर्लाबारीका विद्यालय आइतबार पनि खुल्ने, अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने निर्णय
पाँच किलो गाँजा र १४ ग्राम ब्राउन सुगरसहित चार जना पक्राउ
इटहरीमा ब्राउन सुगरसहित युवक पक्राउ, जाली नोटसमेत बरामद
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.