विश्व वातावरण दिवस: विराटनगरमा दुई संस्था सम्मानित 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २२, शुक्रबार १९:२३
विश्व वातावरण दिवस: विराटनगरमा दुई संस्था सम्मानित 

विराटनगर । विश्व वातावरण दिवसको अवसरमा विराटनगर महानगरपालिकाले वातावरण संरक्षण र हरियाली विस्तारमा उल्लेख्य योगदान पुर्‍याउने दुई संस्थालाई सम्मान गरेको छ । महानगर परिसरमा आयोजित कार्यक्रममा ‘गो ग्रिन विराटनगर’ र ‘सुनौलो अवसर युवा क्लब’ लाई सम्मान गरिएको हो ।

Advertisement

महानगरपालिकाका मेयर नागेश कोइरालाले गो ग्रिन विराटनगरका नवीनचन्द्र अधिकारी र सुनौलो अवसर युवा क्लबका पुष्पराज गिरीलाई सम्मानपत्र प्रदान गर्दै उनीहरूको योगदानको उच्च प्रशंसा गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले वातावरणीय संकट विश्वकै साझा चुनौती बनेको बताए । उनले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि सरकार, निजी क्षेत्र र नागरिक समाजको संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिए । ‘पछिल्ला वर्षहरूमा बढ्दो तापक्रम र अनियमित वर्षाले वातावरणीय जोखिम बढाएको छ,’ मेयर कोइरालाले भने, ‘हरित वातावरणबिना दिगो विकास सम्भव छैन । आज रोपिएको एउटा बिरुवाले भोलिको पुस्तालाई सुरक्षित भविष्य दिने छ । प्रत्येक घर, विद्यालय र उद्योगलाई वृक्षारोपण अभियानमा जोडिन आग्रह गर्छु ।’

महानगरका वातावरण शाखा प्रमुख इन्जिनियर राकेश ठाकुरले महानगरले सञ्चालन गरिरहेका सचेतनामूलक कार्यक्रम र हरियाली प्रवर्द्धनका प्रयासहरूबारे जानकारी दिए ।

यसअघि वातावरण संरक्षणको सन्देशसहित महेन्द्र चोकबाट र्‍याली निकालिएको थियो । जसमा विभिन्न संघसंस्था, युवा समूह र विद्यार्थीहरूको सहभागिता थियो । कार्यक्रममा विद्यार्थीहरूले वातावरण संरक्षणसम्बन्धी सन्देशमूलक नाटक तथा गीत प्रस्तुत गरेका थिए ।

विराटनगर महानगरपालिकाले आगामी दिनमा प्रदूषण नियन्त्रण, जैविक विविधता संरक्षण र दिगो सहरी विकासलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएको छ ।

तपाइको प्रतिक्रिया
सामान्य विवाददेखि गोलीकाण्डसम्म : कप्तानगन्जमा कहाँ चुक्यो राज्य ?
कप्तानगन्ज घटनापछि सुरक्षामा व्यापक हेरफेर : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई जिम्मेवारीबाट हटाइयो
कप्तानगञ्ज गोलीकाण्डबारे मानव अधिकार आयोगले सुरु गर्‍यो अनुसन्धान
१२ अर्ब ६३ करोडको अलैंची निर्यात
साताको पहिलो दिन नेप्से ३३ अङ्कले घट्यो, ६ अर्ब बढीको कारोबार
जटिल बन्दै सुनसरीको सुरक्षा अवस्था : जथाभावी आक्रमण, आगजनी र तोडफोड
कप्तानगन्ज घटनापछि सर्वदलीय प्रतिबद्धता : सद्भाव जोगाउन सबै पक्ष एक ठाउँमा
कप्तानगञ्ज घटना : सांसद साहद्वारा सुरक्षा अधिकारीहरूमाथि कारबाही माग
सरकारी विज्ञापनमा ‘एकद्वार प्रणाली’ लागू गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
सांसदलाई पीए सुविधा : सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ
मालवाहक गाडी फस्दा केचना–कञ्चनजङ्घा करिडोर अवरुद्ध
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×