विराटनगरमा कवि गोष्ठी र स्रष्टा सम्मान

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २३, शनिबार २०:४१
विराटनगरमा कवि गोष्ठी र स्रष्टा सम्मान

विराटनगर । प्राज्ञ एवं स्रष्टा गंगा सुवेदीले साहित्य क्षेत्रले सम्पूर्ण कुरालाई मार्गदर्शन गर्ने बताएकी छिन् ।विराटनगरमा आयोजित प्रतियोगितात्मक कवि गोष्ठी एवं स्रष्टा सम्मान कार्यक्रममा बोल्दै उनले साहित्यमा सबै विषयमाथि आवाज उठाउन सक्ने सामर्थ्य हुने धारणा राखिन् ।

कार्यक्रमको प्रमुख अतिथिसमेत रहेकी सुवेदीले नयाँ पुस्तालाई साहित्य क्षेत्रमा अघि आउन आग्रह गरिन् । ‘साहित्यको उठान कविताबाटै हुन्छ,’ उनले भनिन्, ‘कवितामार्फत समाजका हरेक तह र तप्काको आवाज उजागर गर्दै सबैलाई सुसूचित गराउन सकिन्छ ।’

Advertisement

राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको कार्यक्रममा साहित्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने तीन जना स्रष्टाहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा साहित्यकार बद्री विशाल पोखरेल, वसुन्धरा झा र टंक न्यौपाने रहेका छन् । उनीहरूलाई प्राज्ञ सुवेदीले सम्मान पत्र प्रदान गरेकी थिइन् ।

यस्तै, कार्यक्रममा आयोजित प्रतियोगितात्मक कवि गोष्ठीमा जाजरकोटका साहित्यकार सदाशय गौतम प्रथम भए । त्यसैगरी, विराटनगरकी नानुमैया दाहाल दोस्रो र काठमाडौंका सुशील पौडेल तेस्रो स्थान हासिल गर्न सफल भए । विजयी कविहरूलाई नगदसहित सम्मान गरिएको संस्थाका अध्यक्ष जीवन काफ्लेले जानकारी दिए । विभिन्न जिल्लाका २३ जना साहित्यकारहरूको सहभागिता रहेको सो कार्यक्रममा साहित्य र समाजको अन्तरसम्बन्धबारे चर्चा गरिएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.