विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीकाे सुनसरी जिल्ला अधिवेशनमा विवाद भएकाे छ । माेरङमा भने सामान्य रुपमा अधिवेशन सम्मपन भएकाे छ ।
सुनसरीकाे कोशी गाउँपालिका–१ स्थित लौकही सिटी हलमा शनिबार भएकाे प्रथम सुनसरी जिल्ला अधिवेशनमा हात हालाहाल भएको हाे । जेनजी युवा तथा रुष्ट रहेका कार्यकर्तालाई पेलेर बढ्न खोजेपछि विवाद सुरु भएकाे थियाे ।
अधिवेशनमा प्रतिनिधिबाट हटाएकाे विरोधमा केही युवा धर्नामा बसेका थिए । उनीहरूलाई हटाएर चुनावी प्रक्रिया सुरु गरेपछि विवाद भएकाे थियाे । साेही क्रममा दुई पक्षबीच हात हालाहाल भएकाे हाे । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता डिएसपी चन्द्र खड्काले समान्य विवाद भएकाे बताए । सुनसरीकाे जिल्ला अधिवेशनमा सभापतिका लागि सागर दाहाल माेहन निराैला चक्रबहादुर बिष्ट र कृष्ण राैनियार चुनावी प्रतिस्पर्धामा छन् ।
माेरङमा नयाँ नेतृत्वका लागि भएकाे मतदानपछि मतगणना जारी छ । माेरङकाे उपसभापतिमा बिमला घिमिरे निर्विराेध निर्वाचित भइन् । सभापतिका लागि निवर्तमान सभापति भरत कँडेल, काेशराज निराैला र सागर फुयाल उम्मेदवार छन् ।