
झापा । झापामा लागुऔषधसहित एक जनालाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको छ ।
कनकाई नगरपालिका–३ का ३२ वर्षीय रमेश मुसहर ऋषिदेव पक्राउ परेका हुन् । भारतबाट पैदल नै नेपालतर्फ आउँदै गरेका उनलाई प्रहरीले नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा साथबाट १०.०९ ग्राम ब्राउन सुगर (खैरो हेरोइन) बरामद भएको छ ।
कालो प्लास्टिकमा पोका पारेर ल्याउँदै गरेको लागुऔषध ब्राउन सुगरसहित उनलाई प्रहरीले दिउँसो ३ बजेतिर पक्राउ गरेको हो । उनलाई प्रहरीले झापा गाउँपालिका–४ मंगलबारे बजारबाट नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।



















