सीमा विवादकाे समाधान कूटनीतिक माध्यमबाट हुन्छ : खनाल

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २४, आइतबार २१:३१

काठमाडौं ।  परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीचको सीमा विवाद कूटनीतिक ढंगबाट समाधान गर्ने बताएका छन् ।

भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कूटनीतिक ढंगबाट सीमा विवाद समाधान गर्नेबारे छलफल भएको बताएका हुन् ।

Advertisement

उनले नेपाल र भारतबीच विद्यमान सीमा विवाद समाधान गर्न दुवै देशका संयन्त्रहरूले काम थालेको पनि बताए । ‘सीमासँग सम्बन्धित विषयलाई कूटनीति र अहिले भइरहेका संयन्त्रमार्फत समाधान गर्ने भन्ने पहिलेदेखिकै पोजिसन हो,’ उनले भने,’ अहिले सोही ढंगले संयन्त्रले काम गरिरहेका छन्। अहिले कूटनीतिक ढंगबाट समाधान गर्ने भन्ने ढंगमा छलफल भयो।’

मन्त्री खनालले भ्रमण उपलब्धिमूलक रहेको दाबी गर्दै नेपाल–भारत सम्बन्धलाई व्यवहारिक र प्रविधिमैत्री बनाउने दिशामा ठोस प्रगति भएको बताए।

उनले भ्रमणका क्रममा सन् २०२३ मा नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतको नेशनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डियाबीच भएको समझदारीअनुसार व्यक्तिदेखि व्यक्तिसम्म हुने सीमापार भुक्तानी कारोबारको पूर्ण सञ्चालन सुरु गरिएको गर्ने आपसी समझदारी भएको बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.