खाेटाङमा रास्वपाकाे नयाँ नेतृत्व

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २५, सोमबार ०८:४७

खोटाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङको सभापतिमा मुकुन्दकृष्ण थापा निर्वाचित भएका छन् । आइतबार सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट थापा जिल्ला सभापतिमा निर्वाचित भएका हुन्।

विसं २०८१ पुस १३ गते भएको प्रथम जिल्ला भेलाबाट सभापतिमा निर्वाचित भएका थापा पुनः प्रथम जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागि जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।

Advertisement

रास्वपा खोटाङको उपसभापतिमा गोविन्द भुजेल र कोषाध्यक्षमा तारा दाहाल निर्विरोध चयन भएका छन् ।

जिल्ला कार्यसमितिको सचिवमा पर्शुराम थापा र सहसचिवमा राजन अधिकारी निर्वाचित भएका छन् ।

त्यसैगरी, सदस्यहरुमा प्रकाश अधिकारी, केशरबहादुर श्रेष्ठ र चन्द्रबहादुर परियार निर्वाचित भएका छन्।

एघार सदस्यीय जिल्ला कार्यसमिति रहने व्यवस्थाअनुसार नवनिर्वाचित जिल्ला कार्यसमितिको पहिलो बैठकले तीन महिला सदस्य चयन गर्ने बताइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.