प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरुकाे अवराेध, प्रधानमन्त्रीले माफी माग्नु पर्ने शर्त

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २५, सोमबार १३:१५

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन् । साेमबारकाे बैठकमा विपक्षी दलका सबै सांसदहरू उठेर विरोध गरिरहेका छन् ।

उनीहरूले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद् बैठकमा अवरोध गर्दै आएका छन् । एमाले सांसद पदमा अर्यालले प्रधानमन्त्री बालेन शाहले बाेलकाे अभिव्यक्ति सच्याउनु पर्ने बताइन् ।

Advertisement

श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहले सीमाकाे विवादका विषयमा दिएकाे अभिव्यक्ति सच्याउनु पर्ने बताए । प्रधानमन्त्रीकाे अभिव्यक्ति नसच्चिएसम्म संसदमा अन्य विषयमाथि छलफल नहुने बताए ।

नेकपाका सांसद वर्षमान पुनले प्रधानमन्त्रीकाे अभिव्यक्ति सच्याउनु पर्ने बताए । सीमाकाे जस्ताे गम्भीर विषयमा प्रधानमन्त्रीले सदनमा आएर आफ्नाे भनाई सच्याउनु पर्ने बताए ।

आजै बसेको सर्वदलीय बैठकमा पनि यसबारे छलफल भएको थियो  । बैठकमा सत्ता र विपक्षी दलहरूबीच सहमित जुट्न सकेन ।

बैठकमा सत्तारुढ दलका नेताहरूले भारत भ्रमण र सीमा विवाद लगायतका विषयमा सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनालले बोल्ने प्रस्ताव राखेका थिए ।  विपक्षी दलहरूले प्रस्ताव अस्वीकार गरेका छन् ।

तपाइको प्रतिक्रिया
जीवन विकास सामुदायिक अस्पताल दोस्रो वर्षमा, ‘वर्ल्ड क्लास’ स्वास्थ्य संस्था बनाउने लक्ष्य
करका दर हेरफेर : अर्थमन्त्रीमाथि संसदीय छानबिनकाे माग
प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरुकाे अवराेध, प्रधानमन्त्रीले माफी माग्नु पर्ने शर्त
सुरक्षा निकायको मिलेमतोमा सुनसरीबाट गाँजा तस्करी, ‘सेटिङ’मा कटाइएको १७ सय किलो बढी भारतमा बरामद
विराटनगरको ६ लेन सडकमा हराएको सौन्दर्य : उत्सवको हरियाली, उपेक्षाको झाडी
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
महिला स्वास्थ्य सुधार्न विश्वव्यापी आह्वान
इरान–इजरायल तनाव फेरि चर्कियो, मध्य इरानमा हवाई आक्रमण
सर्वदलीय बैठक जारी, हर्क साम्पाङ गएनन्
खाेटाङमा रास्वपाकाे नयाँ नेतृत्व
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.