कोशी प्रदेशमा रास्वपा : उदयपुर बाहेक जिल्लामा नयाँ नेतृत्व

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २५, सोमबार १६:०५

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कोशी प्रदेशका १३ जिल्लामा अधिवेशन सम्पन्न गरेकाे छ । एउटा जिल्लामा विवाद भएका कारण आज नयाँ नेतृत्वका लागि मतदान हुँदैछ ।

रास्वपा प्रदेश महामन्त्री तथा संगठन विभाग प्रमुख लालविक्रम थापाका अनुसार झापाको सभापतिमा ओम भण्डारी, मोरङमा भरत कँडेल र सुनसरीमा सागर दाहाल निर्वाचित भएका छन् ।

Advertisement

ताप्लेजुङमा राजनकुमार गुरुङ, तेह्रथुममा सुमन खत्री, भोजपुरमा ख्यामबहादुर भुजेल र संखुवासभामा भक्तनारायण श्रेष्ठ जिल्ला सभातपि निर्वाचित भएका छन् ।

ओखलढुङ्गामा कृष्णबहादुर थापा, खोटाङमा मुकुन्दकृष्ण थापा र सोलुखुम्बुमा नारायणकाजी कार्की निर्वाचित भएका छन् । इलामको सभापतिमा दिनेश महत, पाँचथरमा प्रकाश गुरुङ र धनकुटामा भुवन थापा निर्वाचित भएका छन् ।

उदयपुरमा भने आइतबार केही विवाद भएपछि निर्वाचन प्रक्रिया रोकिएको थियो, जहाँ आज नेतृत्व चयनका लागि मतदान हुँदैछ ।

जिल्ला अधिवेशनहरू सम्पन्न भएसँगै रास्वपा कोशी प्रदेशको अधिवेशन आगामी जेठ २७ गते मोरङको सुन्दरहरैचामा हुने तय भएको छ । रास्वपाका प्रदेश महामन्त्री थापाका अनुसार प्रदेश अधिवेशनमा कोशीका विभिन्न जिल्लाबाट ३ हजारभन्दा बढी प्रतिनिधिहरू सहभागी हुनेछन् ।

तपाइको प्रतिक्रिया
नम्बर प्लेट फेरेर चलाउँदै गर्दा चोरीको मोटरसाइकल बरामद, विराटनगरबाट भारतीय युवक पक्राउ
विराटनगरको फोहोर व्यवस्थापनमा ध्यान देऊ
कोशी प्रदेशमा रास्वपा : उदयपुर बाहेक जिल्लामा नयाँ नेतृत्व
एन्फा पदाधिकारीलाई विश्वकपमा जान राखेपले दिएन अनुमति
प्रतिपक्षीकाे अवराेधपछि सूचना टासेर संसद बैठक स्थगित
जीवन विकास सामुदायिक अस्पताल दोस्रो वर्षमा, ‘वर्ल्ड क्लास’ स्वास्थ्य संस्था बनाउने लक्ष्य
करका दर हेरफेर : अर्थमन्त्रीमाथि संसदीय छानबिनकाे माग
प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरुकाे अवराेध, प्रधानमन्त्रीले माफी माग्नु पर्ने शर्त
सुरक्षा निकायको मिलेमतोमा सुनसरीबाट गाँजा तस्करी, ‘सेटिङ’मा कटाइएको १७ सय किलो बढी भारतमा बरामद
विराटनगरको ६ लेन सडकमा हराएको सौन्दर्य : उत्सवको हरियाली, उपेक्षाको झाडी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.