कांग्रेस भित्रकाे झगडा मिलाउन सुदूरपश्चिममा सरकार पुनर्गठन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २६, मंगलबार १०:१२

धनगढी । नेपाली कांग्रेस भित्रकाे विवाद मिलाउनका लागि सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन भएकाे छ । नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारमा नेपाली कांग्रेसले पुराना मन्त्री फिर्ता बाेलाएर सोमबार पुनर्गठन गरेको हो ।

मुख्यमन्त्री कमलबहादुर शाहले आर्थिक मामिला मन्त्रीमा बिक्रम सिंह धामी , सामाजिक विकास मन्त्रीमा बेल बहादुर राना , उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा मान बहादुर रावललाई नियुक्त गरेका छन् । आर्थिक मामिला राज्यमन्त्रीमा जुना दानी र सामाजिक विकास राज्यमन्त्रीमा मधु भारतीलाई नियुक्त गरेका छन् ।

Advertisement

मन्त्रीहरुले प्रदेश प्रमुख नजिर मियाँले सपथ ग्रहण गराएका छन् । सत्ता साझेदार दल नेकपा एमालेले पनि पुराना मन्त्री फिर्ता बाेलाउने तयारी गरेकाे छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.