
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशकाे पहिलो अधिवेशन भोलि बुधबार हुँदैछ । अधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ । प्रदेश सभापतिमा सरिन तामाङ, चन्द्र राई, राजन दाहाल, चन्द्र गौली, वीरेन्द्र श्रेष्ठलगायत छन् ।
तामाङ हाल कोशीको कार्यवाहक सभापति हुन् । गत निर्वाचनमा उनी सुनसरी–१ बाट उम्मेदवार थिइन् । राई वर्तमान कार्यसमितिमा प्रदेश कोषाध्यक्ष छन् ।
दाहाल कोेशी– काठमाडौं विभागमा छन् । सभापतिको आकांक्षी गौली केन्द्रीय सहकारी विभागको उपप्रमुख छन् । ताप्लेजुङका पूर्व सभापति विरेन्द्र श्रेष्ठ प्रदेश सभापतिको प्रतिस्पधीको आकांक्षी छन् ।

























