कांग्रेस असन्तुष्ट समूहकाे एकता भेला विराटनगरमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २६, मंगलबार १६:५४
जेनजी आन्दोलन छानबिन प्रतिवेदन अध्ययन गर्न नेपाली कांग्रेसद्वारा समिति गठन 

विराटनगर । नेपाली कांग्रेसको असन्तुष्ट पक्षले विराटनगरमा बृहत् एकता भेला आयाेजना गर्ने भएकाे छ । कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र डाक्टर शेखर कोइराला पक्षधरले जेठ ३१ गतेका लागि विराटनगरमा भेला गर्न लागेकाे हाे ।

डाक्टर शेखर कोइरालाको उपस्थितीमा हुने कार्यक्रममा नेताहरू डा. शशांक कोइराला, कृष्ण सिटौला, विजयकुमार गच्छदार, डा. मिनेन्द्र रिजाल, एनपी साउद, राजीव कोइरालालगायतका पूर्वसमितिमा बसेका केन्द्रीय सदस्यहरू र हाल समितिमा बसेका एक–दुई जना केन्द्रीय सदस्यहरूसहित सहभागी हुने कांग्रेस विराटनगरका सभापति दिपक चापागाईंले बताए ।

Advertisement

विराटनगर महानगरसमितिका सभापति चापागाईंले प्रदेश समितिकै ब्यानरमा कार्यक्रम गर्न लागिएको बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.