सुधन गुरुङको दाेस्राे इनिङ : दरबार हत्याकाण्डकाे फाइल खाेल्नेदेखि जेनजीका मुद्दा फिर्ता लिने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २६, मंगलबार २२:४६

काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले दरबार हत्याकाण्डको फाइल खोल्ने निर्णय गरेका छन् ।

४७ दिनपछिगृहमन्त्रालयमा मंगलबार साँझ फेरि गृहमन्त्रीको जिम्मेवारीमा आइपुगेका गुरुङले २०५८ सालको दरबार हत्याकण्डको फाइल पुनः खोल्ने निर्णय गरेका हुन् ।

Advertisement

जेनजी आन्दोलनमा फौजदारी अभियोग लगाइएकाहरूलाई मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने निर्णय पनि गृहमन्त्री गुरुङले गरेका छन्।

उनले केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने, छानबिनमा रहेका अनुसन्धान प्रकियालाई टुंगो लगाउने र हरेक फाइल खोल्ने निर्णय गरेको पनि जानकारी दिए।

वैशाख ९ गते गृहमन्त्रालयमा २६ दिन बिताएर राजीनामा दिएका गृहमन्त्री गुरुङ ४७ दिनपछि फेरि गृहमन्त्रालयको कमान सम्हाल्न आइपुगेका हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.