बाघको आक्रमणबाट एक जना घाइते

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २७, बुधबार १६:१५
 बाघको आक्रमणबाट एक जना घाइते

काठमाडौं । कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकामा बाघको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् ।

सान्नीत्रिवेणी गाउँपालिका– ४ का नेत्रराज शाही बिहीबार (आज) बाघको आक्रमणमा परी घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहान करिब ७ बजेतिर आफ्नो घरमा पालेको बङ्गुर चराउन निस्किएका शाहीलाई सान्ती घाट राजमार्ग छेउमै बाघले अचानक आक्रमण गरेको थियो।

Advertisement

बाघको आक्रमणबाट शरीरका विभिन्न भागमा चोट लागेका शाहीको हाल रास्कोट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बस्ती नजिकै र राजमार्ग छेउमै बाघले आक्रमण गरेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । पछिल्लो समय वन क्षेत्र आसपासका बस्तीहरूमा वन्यजन्तुको त्रास बढ्दै गएको स्थानीयले बताएका छन्।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन सांसदहरूको माग
घुस लिएको आरोपमा इलामको चुलाचुलीका इन्जिनियर र लेखा अधिकृतविरुद्ध मुद्दा दायर
डुबेर तीन बालबालिका बेपत्ता
महाधिवेशनसम्बन्धी गतिविधि रोक्न निर्वाचन आयोग र कांग्रेसलाई इतर समूहको पत्राचार
नेपाली कांग्रेस इतर पक्षको भेलामा कोइराला सहभागी हुने
निर्माण व्यवसायी महासंघको राष्ट्रिय सम्मेलन हुँदै
कोलम्बियामा गएको भूकम्पप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त
चीनको लङ मार्च-७ए रकेट आकाशमै विस्फोट
बालबालिकासम्बन्धी ऐन संशोधन विधेयक संसदमा
कोशीमा विकास समस्या समाधान समितिको बैठक, संघसमक्ष मुख्य विषयहरू उठाइने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.