रास्वपामा प्रदेशको उम्मदवार बन्न महँगो शुल्क

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २७, बुधबार १९:१५

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदेश अधिवेशनमा नेतृत्वको आकाक्षीसँग चर्काे शुल्क असुल गरेको छ । प्रदेश अधिवेशन निर्वाचन कार्यविधि २०८३ बनाएर रास्वपाले उम्मेदवारबाट महँगो शुल्क असुल गरेको हो ।

रास्वपाले प्रदेश सभापति पदमा उम्मेदवारी दिनका लागि २१ हजार रुपैयाँ शुल्क तोकेको छ । प्रदेश उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि मनोनयन शुल्क १७ हजार ५ सय रुपैयाँ तोकेको छ ।

Advertisement

प्रदेश सदस्य पदको उम्मेदवारीका लागि १० हजार रुपैयाँ शुल्क तोकेको छ ।

मोरङको बिराटचोकमा जारी पहिलो अधिवेशनमा सदस्यमा मनोनयन दर्ता गराउन खोजेका केही प्रतिनिधिले शुल्क महँगो भएको भन्दै मनोनयन दर्ता गरेनन् ।
‘पार्टीले गरिबलाई उम्मेदवार नै नबनोस् भन्ने हिसाबले मनोनयन शुल्क तोकेछ,’ अधिवेशनमा स्थलमा भेटिएका एक प्रतिनिधिले भने, ‘१० हजार शुल्क धेरै महँगो भयो ।’

अधिवेशनमा सहभागी हुने प्रतिनिधि दर्ता र पर्यवेक्षकका लागि भने समान १ हजार ५ सय रुपैयाँ शुल्क लाग्नेछ ।

प्रदेश अधिवेशनमा सभापति पदका लागि कार्यवाहक सरिन तामाङसँगै चन्द्र राई, चन्द्रकुमार गौली र डाक्टर खगेन्द्र कटुवाल उम्मेदवार छन् । सदस्य पदमा ६९ जनाले मनोनयन दर्ता गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.