सदाचार नीति लागू गर्न सिंहको आग्रह

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २९, शुक्रबार १२:३०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले सरकारले सुशासन कायम गर्न चाहने हो भने राष्ट्रिय सदाचार नीति २०७४ तत्काल लागू गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले सुशासनका लागि सरकारले कम्तीमा दुईवटा महत्त्वपूर्ण कदम चाल्नुपर्ने धारणा राखे । उनका अनुसार पहिलो काम राष्ट्रिय सदाचार नीति २०७४ कार्यान्वयन गर्नु हो ।

Advertisement

सांसद सिंहले सरकारी, सार्वजनिक तथा गुठी जग्गासम्बन्धी अध्ययन प्रतिवेदन मन्त्रालयमै थन्किएर बसेको उल्लेख गर्दै त्यसलाई सार्वजनिक गरी कार्यान्वयन गर्न पनि सरकारलाई आग्रह गरे । उनले सरकारी, सार्वजनिक र गुठीका जग्गा विभिन्न राजनीतिक दलका नेता तथा उनीहरू निकट व्यक्तिहरूले कब्जा गरेकाले सम्बन्धित प्रतिवेदन सार्वजनिक हुन नसकेको आरोप लगाए ।

उनले सरकार वास्तवमै सुशासन र पारदर्शिताप्रति प्रतिबद्ध छ भने राष्ट्रिय सदाचार नीति लागू गरेर देखाउनुपर्ने बताए । साथै, सार्वजनिक सम्पत्तिको संरक्षण र अतिक्रमणमा संलग्नमाथि कारबाही गर्न पनि सरकारलाई उनले सुझाव दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.