परराष्ट्रमन्त्री खनाल चीन जाँदै

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २९, शुक्रबार १४:१९

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले  चारदिन चीनको औपचारिक भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयले शुक्रबार (जेठ २९ गते) विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्रीको चीन भ्रमणको औपचारिक घोषणा गरेको हो ।

‘परराष्ट्रमन्त्री शिशिर खनालले चीनको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा जेठ ३१ गतदेखि असार ३ गतेसम्म चीनको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

Advertisement

भ्रमणमा परराष्ट्रमन्त्री खनालले बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय वार्ता गर्नेछन् । वार्तामा नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ पार्न र सहयोगलाई अगाडि बढाउन पारस्परिक हितका विषयमा छलफल हुने परराष्ट्रले जनाएको छ ।  परराष्ट्रमन्त्री खनालले चीनका उच्चस्तरीय विशिष्ट व्यक्तिहरूसँग पनि भेट गर्ने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री खनालले नेपालमा विदेशी लगानी प्रवर्द्धन गर्न बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा भाग लिनेछन् । सो सम्मेलनमा उनले चिनियाँ व्यापारिक समुदायसँग अन्तरक्रिया गर्नेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.