बजेट कार्यान्वयनको बाटो खुल्यो

Share this
641shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २९, शुक्रबार १७:२०

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट कार्यान्वयनका लागि आवश्यक ‘विनियोजन विधेयक, २०८३’ प्रतिनिधिसभाबाट सर्वसम्मत रूपमा स्वीकृत भएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । विधेयकमाथिको छलफलका क्रममा प्रतिपक्षी सांसदहरूले बजेटमा चालु र पुँजीगत खर्चबीच सन्तुलन कायम हुन नसकेको, बढ्दो सार्वजनिक ऋणको भार कम गर्ने विषयलाई पर्याप्त प्राथमिकता नदिइएको तथा दीर्घकालीन आर्थिक चुनौती समाधानतर्फ स्पष्ट योजना नदेखिएको टिप्पणी गरेका थिए ।

यता सत्तापक्षका सांसदहरूले भने बजेटले आर्थिक रूपान्तरण, उत्पादन वृद्धि र लगानी प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने दाबी गर्दै यसको समर्थन गरेका थिए । सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले बजेटले मध्यम वर्गको विस्तारलाई प्राथमिकतामा राखेको भए पनि गरिब तथा कमजोर वर्गलाई बेवास्ता नगरेको बताए । उनले बजेटले कृषि, उद्योग, पूर्वाधार, शिक्षा तथा सामाजिक सुरक्षालगायत सबै क्षेत्रलाई समेट्ने प्रयास गरेको उल्लेख गरे ।

अर्थमन्त्री वाग्लेले सुनेका भरमा नभई विधेयकको वास्तविक सामग्री अध्ययन गरेर टिप्पणी गर्न सांसदहरूलाई आग्रह गरे । यसपटक सरकारले ऋण विस्तारभन्दा राजस्व वृद्धि र आर्थिक गतिविधिको विस्तारलाई प्राथमिकता दिएको उनको भनाइ थियो । अर्थतन्त्रलाई थप औपचारिक प्रणालीमा ल्याउने उद्देश्यले गरिएका केही व्यवस्थाप्रति प्रारम्भिक असन्तुष्टि देखिए पनि त्यसले दीर्घकालमा मुलुकको अर्थतन्त्रलाई फाइदा पुग्ने विश्वास उनले व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
जितियाको निराहार व्रत तोड्दै महिलाले गरे पर्व समापन
अपहरणमा संलग्न युवक प्रहरीमाथि जाइलागेपछि गोली चलाइयो
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
मोरङमा ४६ सय संस्थाको अभिलेख खोतल्दै प्रशासन, नयाँ दर्ता पनि रोकियो
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
कांग्रेसको सहमहामन्त्रीमा तीन महिला नेतृको उम्मेदवारी घोषणा
भोजपुरमा साकेवाथान निर्माण: किराँत संस्कृति र परम्परा नयाँ पुस्तामा पुस्तान्तरण गरिँदै
भोजपुरमा साकेवाथान निर्माण: किराँत संस्कृति र परम्परा नयाँ पुस्तामा पुस्तान्तरण गरिँदै
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×