पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा छ कि विराटनगरमा ?

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २९, शुक्रबार १७:५१

विराटनगर । प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद गणेश कार्कीले पूर्वाञ्चल विश्वविद्यालयको खोजी गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा उनले पूर्वाञ्चल विश्वविद्यालयको खोजी गरेका हुन् ।

‘पूर्वाञ्चल विश्वविद्यालय कहाँ छ ? गोठगाउँमा छ कि विराटनगरमा छ ? हेरेर थाहा पाउन गाह्रो भइरहेको छ,’ उनले भने,‘ कति डिनका कार्यालय, परीक्षा व्यवस्थापन कार्यालय अहिले पनि विराटनगरमा चलिरहेको छ । त्यहाँ एउटा शिक्षण अस्पताल छ । स्थानीयले भन्छन्, डाक्टर आउँदैनन्, डाक्टर बस्दैनन्, त्यसैले स्थानीय बिरामीहरू आउँदैनन् । डाक्टर भन्छन्, आईसीयू भेन्टिलेटर छैन ।’

Advertisement

उनले पूर्वाञ्चल विश्वविद्यालयको बेथिति बढेको पनि गुनासो गरे । ‘पूर्वाञ्चल विश्वविद्यालयको बेथितिले मोरङ क्षेत्र नम्बर ३, ४, मोरङ, कोशी र सम्पूर्ण नेपाल नै लाजको विषय जस्तो भएको छ स्वास्थ्य क्षेत्रमा,’ उनले भने,‘यो ध्यान पुगोस्, अबको सरकारको ध्यान पुग्छ भन्ने आशा छ, विश्वास छ ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.