सुनचाँदीको मूल्य बढ्यो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ३१, आइतबार ११:५६

विराटनगर । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुार सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेको छ । भाउ बढेसँगै सुन प्रतितोला २ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य शुक्रबार तोलाको २ लाख ९२ हजार रुपैयाँ थियो ।

Advertisement

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य ४ हजार ८ सय ४० रुपैयाँ थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.