
काठमडौं । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–१० पिपिराका २१ वर्षीय साबिर बक्सको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बुधबार हिरासतमा अचेत अवस्थामा भेटिएका बक्सलाई तत्काल उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याउना साथ चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
बक्सलाई प्रहरीले गत बुधबार चोरी मुद्दामा अनुसन्धानका लागि पक्राउ गरेको थियो । हिरासतमा रहेका युवकको मृत्यु भएपछि घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतको शव अहिले पोस्टमार्टमका लागि प्रदेश अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।



















