कांग्रेसलाई इतिहासकै कमजोर बनाइयो:  पूर्वमन्त्री मोहन बस्नेत 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ३१, आइतबार १५:३६
 कांग्रेसलाई इतिहासकै कमजोर बनाइयो:  पूर्वमन्त्री मोहन बस्नेत 

विराटनगर । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट आएको नेतृत्वले पार्टीलाई इतिहासकै कमजोर मोडमा पुर्‍याएको आरोप लगाएका छन् । विराटनगरमा कांग्रेस इतर पक्षको भेलालाई सम्बोधन गर्दै बस्नेतले यस्तो बताएका हुन् ।

पार्टीभित्रको आन्तरिक विवाद र क्रियाशील सदस्यता नवीकरणको विषयलाई लिएर आक्रोशित बनेका बस्नेतले नेतृत्वले जानाजानी पुराना र स्थापित नेताहरूलाई पाखा लगाउन खोजेको बताए ।

Advertisement

बिपी पुत्रहरू शशांक कोइरालादेखि प्रकाशमान सिंह र विमलेन्द्र निधि जस्ता प्रभावशाली नेताहरूको क्रियाशील सदस्यता नवीकरणमा अवरोध सिर्जना
गरिएको उनको भनाइ छ । बिपी पुत्रदेखि ६०–६५ वर्ष पार्टीमा लगानी गरेका सिनियर नेताहरूको सदस्यता रद्द हुने, तर नयाँका नाममा २४ घण्टा बिना कुनै डाटा मान्छे भर्ने काम भइरहेको छ, बस्नेतले भने, यो कांग्रेस सिध्याउने षड्यन्त्र हो ।’

कांग्रेसलाई इतिहासकै कमजोर बनाउने काम विभिन्न नाटकबाट भयो । त्यसको मुख्य पात्र वा खलनायक भन्नुस्, हाम्रा अहिलेका सभापति गगन थापाजी हुन् । अब उहाँबाट पार्टी मिल्छ भनेर के आस गर्ने ? बस्नेतले पार्टीलाई जोगाउन र सुदृढ बनाउन सबै नेता–कार्यकर्ता एक ढिक्का भएर लाग्न आह्वान गरे ।

तपाइको प्रतिक्रिया
कांग्रेस टुक्रियो, अब एक हुनुपर्छ: शशांक कोइराला
कांग्रेस टुक्रियो, अब एक हुनुपर्छ: शशांक कोइराला
 कांग्रेसलाई इतिहासकै कमजोर बनाइयो:  पूर्वमन्त्री मोहन बस्नेत 
कांग्रेसलाई इतिहासकै कमजोर बनाइयो:  पूर्वमन्त्री मोहन बस्नेत 
भारतका फरार प्रतिवादीको विराटनगरमा शंकास्पद मृत्यु, चार जना प्रहरीको नियन्त्रणमा
एकताबद्ध नभए काँग्रेसले लज्जास्पद हार बेहोर्नुपर्छ: रामहरि खतिवडा 
एकताबद्ध नभए काँग्रेसले लज्जास्पद हार बेहोर्नुपर्छ: रामहरि खतिवडा 
हामीलाई बलियो काँग्रेस चाहिएको छ: मीन विश्वकर्मा 
हामीलाई बलियो काँग्रेस चाहिएको छ: मीन विश्वकर्मा 
विराटनगरमा कांग्रेस इतर पक्षको भेला सुरु, नेताहरूले सम्बोधन गर्ने क्रम जारी
प्रहरीलाई चाहेर पनि सहयोग गर्न सक्ने अवस्था छैन : मुख्यमन्त्री कार्की
विराटनगरको होटलमा बसेका भारतीय युवकको मृत्यु
सुनचाँदीको मूल्य बढ्यो
गाउँपालिकाद्वारा उत्कृष्ट कर्मचारी र जेहेन्दार विद्यार्थी पुरस्कृत
गाउँपालिकाद्वारा उत्कृष्ट कर्मचारी र जेहेन्दार विद्यार्थी पुरस्कृत
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.