विराटनगरमा कांग्रेस इतर पक्षको भेला : विराेध गर्ने, तर फुट्न नदिने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ३१, आइतबार १८:४६

विराटनगर । नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरूले पार्टी फुट्न नदिने बताएका छन् । विराटनगरमा शक्ति प्रदर्शन गर्दै इतर समूहले एकताबद्ध बनाउने बताएका हुन् । तर एकताबद्ध बनाउँदै गर्दा नेतृत्वको ‘निरंकुश’ शैली भने नसहने बताए ।

भेलालाई सम्बोधन गर्दै मुख्य वक्ता डाक्टर शेखर कोइरालाले पार्टीलाई कुनै पनि हालतमा फुट्न नदिने प्रतिबद्धता जनाए । पछिल्लो समय पार्टीभित्र निरंकुशताको संकेत देखिएको भन्दै उनले वडा सभापतिहरूलाई मौखिक रूपमा हटाउने कार्य निरङ्कुशताको सुुरुवात भएको बताए ।

Advertisement

सभापति गगन थापासँगको छलफलपछि ५ बुँदे प्रस्ताव अझै कार्यान्वयन नभएकोमा उनको असन्तुष्टि थियो । ‘कांग्रेस कमजोर हुँदा राष्ट्रियता र लोकतन्त्र नै खतरामा पर्छ, त्यसैले एकताको विकल्प छैन।’ उनले भने ।

नेता कृष्णप्रसाद सिटौलाले पार्टी नेतृत्वलाई ‘अनावश्यक नाटक’ बन्द गरेर निर्णय लिने साहस देखाउन आग्रह गरे । विगतका नजिरहरू पछ्याउँदै महाधिवेशनको प्रक्रियालाई छिटो टुंग्याउनुपर्ने उनको भनाइ थियो ।

सिटौलाले पार्टीभित्र आफ्नै साथीहरूमाथि हुने अमानवीय व्यवहार निन्दनीय रहेको बताउँदै नेतृत्वलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर निर्णयमा पुग्न आग्रह गरे । ‘कांग्रेस संकटमा छ, कांग्रेस फुट्दा लोकतन्त्र कमजोर हुन्छ,’ उनले भने,‘ हामी सबै कांग्रेसलाई बलियो बनाउने पक्षमा छौं ।’

पूर्वमहामन्त्री डाक्टर सशांक कोइरालाले पार्टी अहिले दुई टुक्रा भएको बताउँदै गर्दै एकताका लागि दुवै पक्ष लचिलो हुनुपर्ने बताए । सभापति गगन थापाको कार्यशैलीप्रति लक्षित गर्दै उनले एक्लै पार्टी चलाउन खोज्नु भ्रम मात्र भएको टिप्पणी गरे।

नेता बलबहादुर केसीले आफ्नो ५५ वर्षको राजनीतिक संघर्ष स्मरण गर्दै पार्टीमा इमानदार कार्यकर्ताको संरक्षण हुन नसकेकोमा चिन्ता व्यक्त गरे। बीपीको आदर्श भुल्दा पार्टी संकटमा फसेको उनको निष्कर्ष थियो ।

नेता विजयकुमार गच्छदारले पञ्चायत र माओवादी युद्धमा समेत नडराएको कांग्रेस अहिले कोसँग तर्सिएको भन्दै प्रश्न गरे । उनले विराटनगरको ऐतिहासिक विरासत जोगाउन र कार्यकर्तालाई आत्मबल बलियो बनाउन आह्वान गरे । पूर्वमन्त्री मोहनबहादुर बस्नेतले झनै आक्रामक रूपमा प्रस्तुत हुँदै वर्तमान नेतृत्वले पार्टीलाई इतिहासकै कमजोर बनाएको आरोप लगाए ।

मिनेन्द्र रिजालले म भन्ने घमण्ड त्यागेर अघि बढे विवाद समाधान हुने बताए । नेतृत्वका लागि प्रतिस्पर्धा स्वभाविक भए पनि चुनावपछि पार्टी एउटै हुनुपर्ने उनको तर्क थियो । नेता मीन विश्वकर्माले ८९ सिट भएको कांग्रेसको साख गिरेर रास्वपाले सर्वदलीय बैठक बोलाउनुपर्ने अवस्था आउनु शर्मनाक भएको बताउँदै सार्थक छलफल गर्न नेतृत्वलाई आग्रह गरे ।

नेता रामहरि खतिवडाले गुटबन्दी अन्त्य नभए आगामी निर्वाचनमा ७७ वटै जिल्लामा कांग्रेसले लज्जास्पद हार व्यहोर्ने चेतावनी दिए ।

नेतृ सरिता प्रसाईंले पार्टी एकजुट बनाउने अभियानमा अवरोध नगर्न उपसभापति विश्वप्रकाश शर्मालाई चेतावनी दिँदै कार्यकर्ता चिढ्याएर चुनाव जित्न असम्भव रहेको बताइन् । नेताहरू भीम पराजुली, उमेशजंग रायमाझी, केदार कार्कीलगायतले कांग्रेसलाई एकतावद्ध बनाउन बढी जिम्मेवार हुनुपर्ने बताए ।

तपाइको प्रतिक्रिया
प्रवासी सिप देशमा उपयोग गरौं : खनाल
संविधान समीक्षा उपसमिति गठन
विराटनगरमा कांग्रेस इतर पक्षको भेला : विराेध गर्ने, तर फुट्न नदिने
कोशीमा अपराध : स्वरूप बदलिँदा अनुसन्धानमा चुनौती
कांग्रेस इतर पक्षको भेलामा शेखर काेइराला : सभापतिले कुरा फेरे तर पार्टी फुट्न दिन्न
कांग्रेस टुक्रियो, अब एक हुनुपर्छ: शशांक कोइराला
कांग्रेस टुक्रियो, अब एक हुनुपर्छ: शशांक कोइराला
 कांग्रेसलाई इतिहासकै कमजोर बनाइयो:  पूर्वमन्त्री मोहन बस्नेत 
कांग्रेसलाई इतिहासकै कमजोर बनाइयो:  पूर्वमन्त्री मोहन बस्नेत 
भारतका फरार प्रतिवादीको विराटनगरमा शंकास्पद मृत्यु, चार जना प्रहरीको नियन्त्रणमा
एकताबद्ध नभए काँग्रेसले लज्जास्पद हार बेहोर्नुपर्छ: रामहरि खतिवडा 
एकताबद्ध नभए काँग्रेसले लज्जास्पद हार बेहोर्नुपर्छ: रामहरि खतिवडा 
हामीलाई बलियो काँग्रेस चाहिएको छ: मीन विश्वकर्मा 
हामीलाई बलियो काँग्रेस चाहिएको छ: मीन विश्वकर्मा 
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.