चुनावी परिणामको समीक्षा र सुदृढीकरणका लागि एमालेको विशेष भेला

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २, मंगलबार १५:१७
चुनावी परिणामको समीक्षा र सुदृढीकरणका लागि एमालेको विशेष भेला

विराटनगर । प्रतिनिधिसभा निर्वाचनमा अपेक्षित नतिजा प्राप्त हुन नसकेपछि नेकपा (एमाले) ले देशव्यापी रूपमा सुरु गरेको ‘चुनावी समीक्षा तथा पार्टी पुनर्गठन’ अभियान कोशी प्रदेशमा पनि सुरु भएको छ । प्रदेश राजधानी विराटनगरमा प्रदेशस्तरीय विशेष छलफल सुरु भएको हो ।

पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा गठित उच्चस्तरीय कार्यदलले कोशी प्रदेशका नेता तथा कार्यकर्ताबाट सुझाव संकलन गरिरहेको छ । भेलामा उपाध्यक्ष बादलसहित उपाध्यक्ष विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, महासचिव शंकर पोखरेल र सचिवहरू भानुभक्त ढकाल, शेरधन राई एवं हिक्मतकुमार  कार्कीको उपस्थिति रहेको छ ।

Advertisement

एमाले कोशी प्रदेश कमिटीको व्यवस्थापनमा आयोजित उक्त कार्यक्रममा कोशीका १४ वटै जिल्लाका पदाधिकारी, केन्द्रीय सदस्यहरू, प्रदेश सचिवालयका सदस्य र जनवर्गीय संगठनका नेतृत्वको सहभागिता छ ।

निर्वाचनमा देखिएका कमजोरीको पहिचान गर्ने र आगामी दिनमा पार्टीलाई कसरी थप बलियो बनाउने भन्ने विषयमा सघन छलफल हुने एमालेले जनाएको छ ।

तपाइको प्रतिक्रिया
चुनावी परिणामको समीक्षा र सुदृढीकरणका लागि एमालेको विशेष भेला
चुनावी परिणामको समीक्षा र सुदृढीकरणका लागि एमालेको विशेष भेला
विराटनगर प्रदेशसभा भवन परिसरको पिपलको रुख ढल्यो, केहीबेर सडक अवरुद्ध (फोटो फिचर)
महानिर्देशकसहित चार जना अनुसन्धानको घेरामा
कारागारभित्र दुई कैदीको हत्या गर्ने सात प्रहरीसहित १५ जनालाई जन्मकैद
बहुअपांगता बालकलाई आर्थिक सहयोग
कोशी लोकमार्गमा एकाबिहानै दुर्घटना, एक जनाको मृत्यु
चेक अनादार प्रकरणमा पक्राउ परेका सेफ सन्तोष साह रकम बुझाएपछि छुटे
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
न्युजिल्यान्डले अग्रता जोगाउन नसक्दा इरानसँग बराबरी
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह 
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह 
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.