विराटनगरमा एमाले समीक्षा बैठक : ओलीको ‘डिजिटल’स्वीकारोक्ति, तल्लो तहमा ‘संगठनात्मक’असन्तुष्टि

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २, मंगलबार १८:५४
चुनावी परिणामको समीक्षा र सुदृढीकरणका लागि एमालेको विशेष भेला

विराटनगर । प्रतिनिधिसभा निर्वाचनको अपेक्षित नतिजा आएपछि नेकपा (एमाले) भित्र नेतृत्व परिवर्तनको बहस तिब्र बनेको छ । जसको झल्लो विराटनगरमा पनि देखियो । विराटनगरमा मंगलबार भएको प्रदेशस्तरीय समीक्षा तथा सुझाव संकलन भेलामा पार्टीको भविष्य र रूपान्तरणका विषयमा नेताहरुले पार्टीको केन्द्रदेखि वडासम्म नेतृत्व परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले चुनावी धक्काको प्रमुख कारण ‘डिजिटल कमजोरी’ रहेको स्वीकार गरे । आफ्नो नेतृत्वको सरकारले हासिल गरेका विकास र सुशासनका उपलब्धिहरू जनतासम्म पुर्‍याउन नसक्नु र विपक्षीले चलाएको ‘भ्रमपूर्ण प्रचार’ को प्रभावकारी प्रतिवाद गर्न नसक्नु नै हारको मुख्य कारक रहेको उनको बुझाइ छ। ‘हामीसँग संगठन र जनशक्ति भए पनि त्यसलाई डिजिटल शक्तिमा रूपान्तरण गर्न चुक्यौं, जसको प्रत्यक्ष असर जनमतमा पर्यो,’ अध्यक्ष ओलीले भने ।

Advertisement

विराटनगरमा भेला भएका जिल्ला र प्रदेश तहका नेताहरूको स्वर भने अध्यक्ष ओलीको विश्लेषणभन्दा फरक र आक्रामक देखियो । सहभागी अधिकांश नेताहरूले चुनावी पराजयलाई केवल सूचना प्रवाहको कमजोरीसँग मात्र जोड्न नहुने तर्क गरे । जिल्लाका नेताहरूले संगठनभित्र मौलाएको ‘चाकडी संस्कार’, निर्णय प्रक्रियामा सीमित व्यक्तिहरूको हालीमुहालीका कारण पार्टीको अवस्था कमजोर भएको बताए ।

कोशीका १४ मध्ये अधिकांश जिल्ला अध्यक्षहरूले केन्द्रदेखि वडा तहसम्मै सांगठनिक पुनर्गठनको आवश्यकतामा जोड दिएका छन् । केही नेताहरूले त वर्तमान संगठनात्मक संरचनाले पार्टीलाई थप उचाइमा पुर्‍याउन नसक्ने भन्दै यसको औचित्यमाथि नै प्रश्न उठाएका छन् ।

बैठकमा नेता विनोद ढकालले महाभारतको प्रसंग जोड्दै वर्तमान सांगठनिक स्वरूपको आयु सकिएको तर्क गरे। ‘युद्ध सकिएपछि जसरी अर्जुनको गाण्डीव धनुषको भूमिका सकियो, एमालेको वर्तमान संगठनात्मक संरचनाको उपयोगिता पनि त्यसरी नै सकिएको छ,’ उनले भने ।

विराटनगर भेलामा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेललगायत शीर्ष नेताहरूको उपस्थिति छ। कोशी प्रदेशका नेताहरूले राखेका लिखित तथा मौखिक सुझावहरूले एमालेलाई अब ‘चुनावी समीक्षा’ भन्दा‘संगठनात्मक पुनर्संरचना’ को दिशामा अघि बढ्न दबाब सिर्जना गरेको छ ।

तपाइको प्रतिक्रिया
कोशीको कानुन मन्त्रालयमा वित्तीय बेथिति : अस्थायी लाइसेन्स कार्ड छपाईमाथि शंका
चुनावी परिणामको समीक्षा र सुदृढीकरणका लागि एमालेको विशेष भेला
विराटनगरमा एमाले समीक्षा बैठक : ओलीको ‘डिजिटल’स्वीकारोक्ति, तल्लो तहमा ‘संगठनात्मक’असन्तुष्टि
औषधि व्यवसायी संघले ५३ औँ स्थापना दिवस मनाउँदै 
औषधि व्यवसायी संघले ५३ औँ स्थापना दिवस मनाउँदै 
डिजिटल शक्तिमा कमजोर हुँदा धक्का बेहोर्नुपर्‍यो : अध्यक्ष ओली
शौचालयभित्र लुकाएको ६४ केजी गाँजा बरामद 
शौचालयभित्र लुकाएको ६४ केजी गाँजा बरामद 
चिया पसलको गल्लामा लुकाएर गाँजा बेच्ने एक जना पक्राउ
चिया पसलको गल्लामा लुकाएर गाँजा बेच्ने एक जना पक्राउ
स्तनपान प्रतिस्थापन : कानुन छ, कार्यान्वयन छैन
चुनावी परिणामको समीक्षा र सुदृढीकरणका लागि एमालेको विशेष भेला
चुनावी परिणामको समीक्षा र सुदृढीकरणका लागि एमालेको विशेष भेला
विराटनगर प्रदेशसभा भवन परिसरको पिपलको रुख ढल्यो, केहीबेर सडक अवरुद्ध (फोटो फिचर)
महानिर्देशकसहित चार जना अनुसन्धानको घेरामा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.