झलनाथले मागे प्रचण्ड-माधवकाे राजीनामा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३, बुधबार १८:०८

काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालकाे राजीनामा माग गरेका छन् ।

खनालले माओवादी र एकीकृत समाजवादीबीच एकता घोषणा भएपनि एकता हुन नसकेको भन्दै उनले संयोजक र सहसंयोजकलाई मार्गप्रशस्त गर्न लिखित रूपमा आग्रह गरेका हुन्।

Advertisement

गत कात्तिक १९ गते माओवादी र एकीकृत समाजवादीबीच एकता घोषणा भएको थियो । ‘तपाईंहरूले यति लामो समयसम्म पार्टी एकीकरण नै गर्न सक्नुभएको छैन, यसबीचमा मुलुकको राजनीतिक शक्ति सन्तुलनमा परिवर्तन भएको छ, यसको कुनै ठोस विश्लेषण भएको छैन,’ खनालले भनेका छन्, ‘नयाँ परिस्थितिअनुसार नयाँ राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तहरू अघि सारिएका छैनन्।’ पार्टी कार्यकर्ता र जनतालाई अब कसरी अघि बढ्ने भन्ने प्रष्ट मार्गदर्शनसमेत दिन नसकिएको उनले उल्लेख गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.