राजेन्द्र राउतलाई ‘कर्पोरेट इन्डष्ट्री लिडर अवार्ड–२०२६’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ७, आइतबार ०६:५१

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) कोशी प्रदेशका अध्यक्ष तथा पूर्वी नेपालका प्रतिष्ठित उद्योगी राजेन्द्र राउतलाई ‘कर्पोरेट इन्डष्ट्री लिडर अवार्ड–२०२६’ प्रदान गरिएको छ ।

कर्पोरेट मिडिया ग्रुपले आयोजना गर्दै आएको ‘१८औँ कर्पोरेट बिजनेश समिट एण्ड अवार्ड–२०२६’ अन्तर्गत राउतलाई उक्त सम्मान प्रदान गरिएको हो । ईश्वरलाल प्रतिष्ठानको सहकार्यमा काठमाडौंस्थित होटल र्‍याडिसनमा आयोजित विशेष समारोहमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले राउतलाई अवार्ड हस्तान्तरण गरेका थिए ।

Advertisement

पूर्वी नेपालको निजी क्षेत्रका स्थापित व्यवसायीका रूपमा परिचित राउत शिवम् अर्गनाइजेसनका प्रमुख हुन् । उनको नेतृत्वमा खानी, अटोमोबाइल, सिमेन्ट, गार्मेन्टलगायत विभिन्न क्षेत्रका उद्योग तथा व्यवसाय सञ्चालन हुँदै आएका छन् । हाल एफएनसीसीआई कोशी प्रदेशको नेतृत्व सम्हाल्दै निजी क्षेत्रको प्रवर्धन, लगानी विस्तार तथा उद्योग व्यवसायसँग सम्बन्धित समस्याको समाधानका लागि राउतले सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।

यसअघि ‘प्रज्वल जनसेवा श्री’बाट समेत सम्मानित भइसकेका राउतलाई आर्थिक विकास, उद्योग प्रवर्धन तथा उद्यमशीलताको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै ‘कर्पोरेट इन्डष्ट्री लिडर अवार्ड–२०२६’ प्रदान गरिएको कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्ज्वल जंग शाहले जानकारी दिए । उनका अनुसार यस वर्षको ‘कर्पोरेट बिजनेश समिट एण्ड अवार्ड’ अन्तर्गत ‘कर्पोरेट एक्सिलेन्स’, ‘बैंकिङ, इन्स्योरेन्स एण्ड फाइनान्स’, ‘कर्पोरेट इन्डष्ट्री लिडरसिप’, ‘कर्पोरेट बिजनेस लिडरसिप’ तथा ‘लाइफटाइम एचिभमेन्ट’ गरी पाँच विधामा कुल २९ वटा अवार्ड प्रदान गरिएको छ ।

कर्पोरेट मिडिया ग्रुपले विगत १८ वर्षदेखि निजी क्षेत्र, बैंकिङ, बीमा, उद्योग, स्वास्थ्य, ऊर्जा तथा उद्यमशीलता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्ति तथा संस्थाहरूलाई सम्मान गर्दै आएको छ । सोही परम्पराअनुसार यस वर्ष पनि विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व तथा संस्थालाई सम्मान गरिएको अध्यक्ष शाहले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.