इन्धनको मूल्य घट्यो

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १७, बुधबार ०६:०५

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ (इन्धन)को मूल्य घटाएको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि नयाँ खरिद मूल्यका आधारमा पेट्रोल, डिजेल तथा खाना पकाउने एलपी ग्यासको बिक्री मूल्य समायोजन गरेको हो ।

निगमका अनुसार बुधबार बिहानका राति १२ः०१ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेलमा प्रतिलिटर ३० रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँले मूल्य घटाइएको छ । इण्डियन आयल कर्पोरेशन (आईओसी)बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलको खरिद मूल्य प्रतिलिटर १५ रुपैयाँ ९ पैसा, डिजेलको २९ रुपैयाँ ४६ पैसा, हवाई इन्धनको २९ रुपैयाँ ४२ पैसा तथा एलपी ग्यासको मूल्यसमेत घटेर आएको निगमले जनाएको छ ।

सोहीअनुसार स्वचालित मूल्य समायोजन प्रणालीका आधारमा उपभोक्ताका लागि बिक्री मूल्य पनि घटाइएको निगमको भनाइ छ । निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्यसमेत समायोजन गरेको छ ।

काठमाडौंका लागि अन्तर्राष्ट्रिय हवाई इन्धनको बिक्री मूल्य प्रतिकिलोलिटर २६५ अमेरिकी डलरले घटाइएको छ । त्यसैगरी, पोखरा र भैरहवाका लागि अन्तर्राष्ट्रिय हवाई इन्धनको बिक्री मूल्य ब्रेक–इभेन बिन्दुमा कायम गरिएको निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल तथा पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटको प्रभाव नेपाली बजारमा पनि परेको भन्दै निगमले नयाँ मूल्य बुधबार मध्यरातिदेखि लागू भएको जनाएको छ । नयाँ मूल्यसँगै पेट्रोल, डिजेल र एलपी ग्यास प्रयोग गर्ने उपभोक्ताले केही राहत महसुस गरेका छन् ।

तपाइको प्रतिक्रिया
जनताका प्रश्नको जवाफ दिन नसक्नु आत्मसमीक्षाको विषय हो: महामन्त्री घिमिरे
कांग्रेस महाधिवेशनमा दाहाल, रवि, भट्टराईसहित शीर्ष नेताको जमघट
कांग्रेस महाधिवेशनमा दाहाल, रवि, भट्टराईसहित शीर्ष नेताको जमघट
गगन थापाले गरे कांग्रेसको १५ औँ महाधिवेशन उद्घाटन
गगन थापाले गरे कांग्रेसको १५ औँ महाधिवेशन उद्घाटन
पूर्णबहादुर खड्काको फेसबुक अकाउन्ट ह्याक
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
जितियाको निराहार व्रत तोड्दै महिलाले गरे पर्व समापन
अपहरणमा संलग्न युवक प्रहरीमाथि जाइलागेपछि गोली चलाइयो
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
मोरङमा ४६ सय संस्थाको अभिलेख खोतल्दै प्रशासन, नयाँ दर्ता पनि रोकियो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×