विराटनगर महानगरद्वारा ५० प्रतिशत अनुदानमा डी–फ्रिज र सिँचाइ मोटर वितरण

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २३, मंगलबार १९:४६
विराटनगर महानगरद्वारा ५० प्रतिशत अनुदानमा डी–फ्रिज र सिँचाइ मोटर वितरण

विराटनगर । खाद्य स्वच्छता प्रवर्द्धन तथा कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ विराटनगर महानगरपालिकाले ५० प्रतिशत अनुदानमा मासु व्यवसायीलाई डी–फ्रिज र कृषक समूहलाई सिँचाइ मोटर वितरण गरेको छ।

महानगर परिसरमा आयोजित एक कार्यक्रमका बीच नेपाल सरकारको ‘मिट मार्ट’ कार्यक्रमअन्तर्गत ससर्त अनुदानमार्फत मापदण्ड पूरा गरी सञ्चालनमा रहेका सात वटा मासु पसललाई डी–फ्रिज हस्तान्तरण गरिएको हो । महानगरको कृषि तथा पशुपन्छी शाखाका प्रमुख हीरालाल यादवका अनुसार आधुनिक भण्डारण प्रणालीमार्फत मासुको गुणस्तर, स्वच्छता र सुरक्षा सुनिश्चित गर्दै उपभोक्तालाई गुणस्तरीय मासु उपलब्ध गराउने लक्ष्यका साथ यो सामग्री वितरण गरिएको हो ।

प्रमुख यादवले चिस्यान व्यवस्थापन प्रभावकारी हुँदा मासु लामो समयसम्म सुरक्षित रहने, खाद्यजन्य जोखिम न्यून हुने र व्यवसायीलाई स्वच्छ एवं व्यवस्थित सेवा प्रदान गर्न सहज हुने अपेक्षा गरिएको बताए ।

त्यसैगरी, महानगरले ५० प्रतिशत अनुदानमै विभिन्न वडामा सक्रिय कृषक समूहहरूलाई ३८ वटा सिँचाइ मोटर उपलब्ध गराएको छ । पर्याप्त सिँचाइ सुविधाको अभावमा खेतीयोग्य जमिन उपयोग गर्न नसक्ने समस्यालाई न्यून गर्दै वर्षभरि खेती विस्तार गर्न यस कार्यक्रमले सहयोग पुग्ने महानगरको विश्वास छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मा र आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले संयुक्त रूपमा डी–फ्रिज र सिँचाइ मोटर हस्तान्तरण गरे । सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत शर्माले महानगरबाट उपलब्ध गराइएका सामग्रीको प्रभावकारी र जिम्मेवार प्रयोग गर्न आग्रह गरे । सार्वजनिक स्रोतबाट प्रदान गरिएका सामग्रीको सही सदुपयोगले मात्र उत्पादन, व्यवसाय र सेवा प्रवाहमा सकारात्मक परिणाम देखिने उनको भनाइ थियो ।

यस्तै, आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले विशेषगरी आकासे पानीमा निर्भर किसानका लागि सिँचाइ मोटर अत्यन्त उपयोगी हुने उल्लेख गरे । समयमै रोपाइँ र खेती गर्न सके उत्पादन तथा उत्पादकत्व दुवै बढ्ने धारणा राख्दै उनले आधुनिक कृषि प्रविधिको विस्तारसँगै कृषकको आम्दानीमा वृद्धि हुने विश्वास व्यक्त गरे ।

महानगरको तथ्यांकअनुसार विराटनगरभित्र करिब १ हजार ३ सय ७५ हेक्टर खेतीयोग्य जमिन रहेको छ। विशेषगरी वडा नम्बर ३, ४, ५, ६, ८, ११, १२, १४, १६, १७, १८ र १९ मा कृषि क्षेत्र बढी रहेकाले महानगरले सिँचाइ पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
टोपबहादुर राज्यविरुद्धको कसूरमा दाेषी, बालकृष्ण खाण ‘मतियार’
नक्कली भुटानी शरणार्थी प्रकरणमा अधिकांश आरोपी दाेषी ठहर, सजाय निर्धारणका लागि अर्काे पेशी
मन्त्रीहरू भाषण सकेर बाहिरिएपछि खेलकुद सरोकारवाला आक्रोशित
‘मन्त्री नै हिँडेपछि कसलाई सुनाउने समस्या ?’ : खेलकुद सरोकारवालाको विरोध
शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा 
शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा 
विराटनगर महानगरद्वारा ५० प्रतिशत अनुदानमा डी–फ्रिज र सिँचाइ मोटर वितरण
विराटनगर महानगरद्वारा ५० प्रतिशत अनुदानमा डी–फ्रिज र सिँचाइ मोटर वितरण
अदालतले छाडेलगत्तै पक्राउ परेका अभिषेक गिरीमाथि के छ आराेप ?
सांसदलाई रास्वपाले भन्याे : बाेल्नुअघि ‘नाेट’ देखाउनु
सार्वजनिक स्थलमा अश्लील अंग देखाउने शिक्षा अधिकृतविरुद्ध म्याद थप
 जबरजस्ती करणी गरेको आरोपमा पाँच जना पक्राउ 
जबरजस्ती करणी गरेको आरोपमा पाँच जना पक्राउ 
संघीय संसद्को दुवै सदनबाट बजेट पारति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.