ढल्केबर–हेटौँडा प्रसारण लाइन निर्माणको बाटो खुल्यो: मन्त्री विराजभक्त श्रेष्ठ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २५, बिहीबार १२:२६
 ढल्केबर–हेटौँडा प्रसारण लाइन निर्माणको बाटो खुल्यो: मन्त्री विराजभक्त श्रेष्ठ

काठमाडौं । नेपालको ऊर्जा पूर्वाधारमा मेरुदण्ड मानिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणमा रहेको लामो समयदेखिको अवरोध हटेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रिपरिषद्को पछिल्लो निर्णयसँगै यस आयोजनाको निर्माण कार्य अघि बढाउने बाटो खुलेको जानकारी दिए ।

विभिन्न प्राविधिक तथा स्थानीय अवरोधका कारण करिब १२ वर्षदेखि अल्झिएको यो महत्त्वपूर्ण आयोजना अबको दुई महिनाभित्रै सम्पन्न हुने विश्वास मन्त्री श्रेष्ठले व्यक्त गरेका छन् । यसलाई नेपालको ऊर्जा क्षेत्रका लागि एक ‘ऐतिहासिक उपलब्धि’ का रूपमा व्याख्या गरिएको छ ।

मन्त्री श्रेष्ठका अनुसार यो प्रसारण लाइन सञ्चालनमा आएपछि नेपालको राष्ट्रिय प्रसारण प्रणाली थप सुदृढ, सन्तुलित र भरपर्दो हुनेछ । उनले भने, ‘यो केवल एउटा प्रसारण लाइन मात्र होइन, नेपालको ‘ऊर्जा राजमार्ग’ हो । यसले पूर्वमा उत्पादन भएको बिजुली पश्चिमसम्म र पश्चिमको बिजुली पूर्वसम्म सहजै प्रवाह गर्न सहयोग पुर्‍याउने छ ।’

यस आयोजनाको निर्माण सम्पन्न भएपछि उपभोक्ताले भोग्दै आएको झ्याप्प झ्याप्प बत्ती जाने र न्यून भोल्टेज (ट्रिपिङ) को समस्यामा उल्लेख्य कमी आउने अपेक्षा गरिएको छ ।

हाल नेपालले करिब १,००० मेगावाटसम्म विद्युत् निर्यात गर्न सक्ने क्षमता राख्दछ छ । तर, ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण प्रणाली पूर्ण रूपमा सञ्चालनमा आएपछि यो क्षमता बढेर २,५०० देखि ३,००० मेगावाटसम्म पुग्ने आधार तयार हुने मन्त्री श्रेष्ठले दाबी गरे । यसले छिमेकी मुलुकहरूमा विद्युत् व्यापार विस्तार गर्न नेपाललाई ठुलो मद्दत पुग्ने छ ।

लामो समयको अन्योल चिर्दै आयोजनालाई गति दिन सफल भएकोमा खुसी व्यक्त गर्दै मन्त्री श्रेष्ठले यो सफलता कुनै एक व्यक्ति वा निकायको मात्र नभई सम्पूर्ण राज्य संयन्त्र र सरोकारवालाहरूको साझा प्रयासको परिणाम भएको बताए ।

‘यो आयोजनाको पूर्णताले नेपालको ऊर्जा भविष्यलाई नयाँ उचाइमा पुर्‍याउने छ,’ मन्त्री श्रेष्ठले भने, ‘अबको दुई महिनाभित्र यो आयोजना सम्पन्न गरी राष्ट्रिय प्रणालीमा जोड्ने हाम्रो लक्ष्य छ ।’

तपाइको प्रतिक्रिया
सभामुखलाई विशेषाधिकार प्रयोग गर्न सुझाव
सत्य बोल्ने प्रहरी अधिकृतमाथि नै कारबाहीको डण्डा ?
सहकारी बचतकर्ताको पीडा कम हुँदै, तीन महिनामा साढे ४ करोड फिर्ता
वैदेशिक रोजगारीको प्रलोभनमा ३९ लाख ठगी गर्ने दुई युवक पक्राउ
बालमन्दिर जग्गा प्रकरण : तीन पूर्वपदाधिकारी पक्राउ
संविधान संशोधन कार्यदलबाट धमाधम दलहरुको बहिर्गमन
कांग्रेसका संसदीय पदाधिकारी सर्वोच्चमा, प्रतिनिधिसभा नियमावलीका प्रावधानविरुद्ध रिट
सभामुखको आग्रहपछि पनि संसदमा जारी रह्यो विपक्षीको विरोध
सिलाई–कटाई तालिम सम्पन्न, थप उन्नत प्रशिक्षण र मेसिनको माग
लुम्बिनीको रंगेली शाखाले मनायो १९औँ वार्षिकोत्सव
माइखोलामा सडक भासिँदा पूर्वी पहाड–तराई सम्पर्क विच्छेद
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.