लाखौँ कोसिस गर तर छेकेर छेकिन्न मेरो बाटो
जहाँसुकै जाऊँ लाग्छ प्यारो मलाई देशकै माटो !
चट्याङ बिजुली चम्किए पनि डराउने छैन म
चाहे आओस् आँधी हुरी तर हराउने छैन म !
राख्दिन केही पनि बाँझो आफैं जोत्छु पाटो
जहाँसुकै जाऊँ लाग्छ प्यारो मलाई देशकै माटो !
इतिहास कोर्न सक्ने देशले एउटा कलम खोज्दै छ
वीरहरूका घाउले हौसला र प्रेणाको मलम खोज्दै छ
पसिनाको धाराले पखालौँ ला मनमा लागेको टाटो