बैंक खाता अब मोबाइल एपबाटै बन्द गर्न सकिने

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २६, शुक्रबार १९:१६

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका ग्राहकले मोबाइल वा वेब एपमार्फत नै आफ्नो खाता बन्द गर्न सक्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले बैंकहरूलाई यस्तो व्यवस्था मिलाउन निर्देशन दिएको हो । याे निर्णय लागु भएपछि खाता बन्द गर्न सम्बन्धित बैंकको कार्यालय नै धाउनुपर्ने बाध्यता हट्ने छ ।

केन्द्रीय बैंकले निष्क्रिय खाता घटाउन पुससम्ममा कार्ययोजना लागू गर्नसमेत निर्देशन दिएको छ । अब खाता निष्क्रिय हुनुपूर्व र निष्क्रिय भएपछि पनि ग्राहकलाई कल, एसएमएस वा इमेलमार्फत जानकारी गराउनुपर्नेछ ।

देशभरका जुनसुकै शाखाबाट खाता पुनः सक्रिय गर्न सकिने र खाता बन्द गर्दा बाँकी रहेको रकम ग्राहकले तोकेको अर्को खातामा रकमान्तर गरिदिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । निष्क्रिय खातामार्फत हुन सक्ने वित्तीय अपराध नियन्त्रण गर्न बैंकहरूले जनचेतनामूलक कार्यक्रम र कारोबारको निगरानीसमेत बढाउनुपर्ने राष्ट्र बैंकले जनाएकाे छ ।

तपाइको प्रतिक्रिया
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
जितियाको निराहार व्रत तोड्दै महिलाले गरे पर्व समापन
अपहरणमा संलग्न युवक प्रहरीमाथि जाइलागेपछि गोली चलाइयो
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
मोरङमा ४६ सय संस्थाको अभिलेख खोतल्दै प्रशासन, नयाँ दर्ता पनि रोकियो
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
कांग्रेसको सहमहामन्त्रीमा तीन महिला नेतृको उम्मेदवारी घोषणा
भोजपुरमा साकेवाथान निर्माण: किराँत संस्कृति र परम्परा नयाँ पुस्तामा पुस्तान्तरण गरिँदै
भोजपुरमा साकेवाथान निर्माण: किराँत संस्कृति र परम्परा नयाँ पुस्तामा पुस्तान्तरण गरिँदै
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×