कलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

Share this
608shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २८, आइतबार १६:१४
कलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । चर्चित हास्य कलाकार तथा निर्देशक दीपाश्री निरौलाको मस्तिष्कको ट्युमर (ब्रेन ट्युमर) को सफल शल्यक्रिया गरिएको छ ।  स्वास्थ्यमा समस्या देखिएपछि उनलाई केही दिनअघि काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालका वरिष्ठ न्युरो सर्जन डा. वसन्त पन्त नेतृत्वको चिकित्सक टोलीले निरौलाको शल्यक्रिया गरेको हो । अस्पताल स्रोतका अनुसार शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ र हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

चिकित्सकहरूले शल्यक्रियामार्फत निकालिएको ट्युमरको प्रकृति परीक्षणका लागि प्रयोगशाला (बायोप्सी) मा पठाएका छन् । उक्त ट्युमर क्यान्सरयुक्त हो वा होइन भन्ने कुरा बायोप्सीको रिपोर्ट आएपछि मात्रै स्पष्ट हुने अस्पतालले जनाएको छ । अहिले उनलाई चिकित्सकहरूको विशेष निगरानीमा राखिएको छ ।

नेपाली कला क्षेत्रमा दशकौंदेखि सक्रिय दीपाश्री निरौला  ‘तितो सत्य’ जस्ता टेलिश्रृङ्खलाबाट लोकप्रिय बनेकी हुन् । अभिनयसँगै उनले  ‘छक्का पञ्जा’ जस्ता व्यावसायिक रूपमा अत्यन्त सफल चलचित्रहरूको निर्देशन गरेर नेपाली चलचित्र उद्योगमा बलियो पहिचान बनाएकी छन् ।

उनको स्वास्थ्य अवस्थाबारे जानकारी पाएपछि सामाजिक सञ्जालमा शुभचिन्तक तथा कलाकारहरूले स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.