विराटनगरमा दिनबन्धु गोयल सम्मानित

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३१, बुधबार १९:०१

विराटनगर । बालबालिकाको शिक्षामा उल्लेखनीय योगदान पुर्‍याएका वरिष्ठ समाजसेवी दिनबन्धु गोयल विराटनगरमा सम्मानित भएका छन् ।

ओमेन्स क्रिएशन ट्युसन सेन्टरले बुधबार आयोजित विशेष कार्यक्रममा गोयललाई ‘शिक्षा सम्मान’ प्रदान गरेको हो । सेन्टरकी अध्यक्ष तथा शिक्षासेवी पुनम जाजोदियाले उनलाई सम्मानपत्र प्रदान गरिन् ।

गोयलले ट्युसन सेन्टरमा अध्ययनरत १० जना विपन्न बालबालिकाको पाँच वर्षसम्मको अध्ययन खर्चका लागि १२ लाख १ हजार रुपैयाँ सहयोग गरेपछि उनको योगदानको कदर गर्दै सम्मान गरिएको सेन्टरले जनाएको छ । विराटनगर महानगरपालिका–१० मा सञ्चालित ओमेन्स क्रिएशन ट्युसन सेन्टरमा हाल ४० भन्दा बढी बालबालिका अध्ययनरत छन् ।

तीमध्ये १० जनाको शैक्षिक खर्च गोयलको आर्थिक सहयोगबाट व्यवस्थापन भइरहेको छ । कार्यक्रममा कोशी अस्पतालमा निःशुल्क दिवा भोजन सेवा सञ्चालन गर्दै आएका नरसेवा नारायण सेवाका संयोजक तथा समाजसेवी पृथ्वीकुमार अग्रवाल, नेपाल अग्रवाल सभा विराटनगरका पूर्वअध्यक्ष तथा उद्योगी देवकिनन्दन अग्रवाललगायत विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थिति रहेको थियो ।

ओमेन्स क्रिएशन ट्युसन सेन्टरले समाजसेवी तथा उद्योगीहरूको सहयोगमा विपन्न बालबालिकालाई शैक्षिक अवसर उपलब्ध गराउँदै आएको छ । सेन्टरमा विराटनगरका विभिन्न औद्योगिक घरानाका महिलाहरूले नियमित रूपमा अध्यापनमा सहयोग गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×