विराटनगर भन्सारको असुली दर बढ्यो, राजस्व भने लक्ष्यभन्दा कम

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ३, आइतबार ०८:५५

विराटनगर । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८२–०८३ मा राजश्व संकलनको लक्ष्य पूरा गर्न नसके पनि अघिल्लो वर्षको तुलनामा असुली दरमा भने सुधार गरेको छ । असुली दर बढाएको भन्सारको राजस्व संकलन भने लक्ष्यभन्दा कम संकलन भएको छ ।

कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठका अनुसार गत आर्थिक वर्षका लागि ४१ अर्ब ३४ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य थियो । तर, वर्षभरिमा ३५ अर्ब ३६ करोड रुपैयाँ मात्र राजश्व संकलन भएको छ । यो लक्ष्यको ८५ दशमलव ५२ प्रतिशत हो ।

Advertisement

अघिल्लो आर्थिक वर्ष २०८१–०८२ मा विराटनगर भन्सारले लक्ष्यको ८० दशमलव ५१ प्रतिशत मात्र राजश्व संकलन गरेको थियो । त्यसको तुलनामा यस वर्ष असुली दर ५ दशमलव ०१ प्रतिशतले बढेको श्रेष्ठले बताए ।

यद्यपि, लक्ष्यको तुलनामा करिब ६ अर्ब रुपैयाँ बराबर राजश्व संकलन हुन नसक्दा निर्धारित लक्ष्य हासिल गर्न भने कार्यालय असफल भएको छ । भन्सार प्रशासनले असुली दरमा सुधार ल्याए पनि राजश्व लक्ष्य पूरा गर्न आयात–निर्यात कारोबारको विस्तार, व्यापारिक गतिविधिमा वृद्धि तथा भन्सार प्रशासनको कार्यक्षमता अझ प्रभावकारी बनाउन आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् ।

तपाइको प्रतिक्रिया
मदन पुरस्कारको अन्तिम प्रतिस्पर्धामा १० कृति, २९८ पुस्तकबाट छनोट
विश्वकप २०३० : छ देशमा खेल, ६४ टोलीको सम्भावनाका बारेमा पनि छलफल
च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन
विश्वकपमा एम्बाप्पेको ऐतिहासिक कीर्तिमान, व्यक्तिगत अवार्डमा स्पेनको दबदबा
विश्वकपको आर्थिक चमत्कार : फिफाले कमायो १५ अर्ब डलर, फ्रान्स बन्यो सबैभन्दा मूल्यवान राष्ट्रिय टोली
साउनको पहिलो सोमबार शिवालयहरुमा भक्तजनको भिड
पहिचान नखुलेको सवारीको ठक्करबाट कानेपोखरीमा एक जनाको मृत्यु
दमकबाट ब्राउन सुगरसहित एक जना पक्राउ 
दमकबाट ब्राउन सुगरसहित एक जना पक्राउ 
अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ, करिब २ करोडको कारोबार
अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ, करिब २ करोडको कारोबार
 फिफा विश्वकप २०२६ः अर्जेन्टिनालाई स्तब्ध पार्दै स्पेन दोस्रो पटक विश्व विजेता
फिफा विश्वकप २०२६: अर्जेन्टिनालाई स्तब्ध पार्दै स्पेन दोस्रो पटक विश्व विजेता
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×